नेकपा (एमाले)ले समानुपातिक तर्फ पनि अग्रता लिइरहेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ ।
समानुपातिकमा एमालेले देशभरिबाट १८ लाख ६० हजार ५ सय ७१ मत पाएको छ ।
नेपाली कांग्रेसले समानुपातिकमा १७ लाख ७० हजार ६ सय २१ मत पाएको छ । माओवादी केन्द्रले ७ लाख २६ हजार ९ सय ६५ मत पाएको छ ।
संघीय समाजवादी फोरम नेपालले २ लाख २७ हजार ८ सय ४७ मत पाएको छ । राष्ट्रिय जनता पार्टी नेपालले १ लाख ६९ हजार ५ सय ५९ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २५ हजार ९२ मत पाएको छ ।
विवेकशील साझा पार्टीले १ लाख १५ हजार ७ सय ४० मत पाएको छ । नयाँ शक्ति पार्टी नेपालले ५४ हजार २ सय ९८ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ४१ हजार २ सय ५२ मत पाएको छ ।
राष्ट्रिय जनमोर्चाले ३४ हजार ३ सय ५१ मत पाएका छन् । अन्य साना दलहरूले १ लाख ७७ हजार ४ सय ४९ मत पाएका छन् ।
देशभरको नतिजा…

प्रतिक्रिया