कुवेर, ललितपुर फाईनान्स समस्याग्रस्तबाट फुकुवा (पत्रसहित)

कुवेर, ललितपुर फाईनान्स समस्याग्रस्तबाट फुकुवा (पत्रसहित)


कुुवेर मर्चेन्ट बैकिङ एण्ड फाईनान्स कम्पनी र ललितपुर फाईनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्तबाट फुकुवा गरेको छ ।

राष्ट्र बैंक सञ्चालक समितीको हालैको बैठकले दुबै संस्थालाई समस्याग्रस्तबाट फुकुवा गरेको हो ।

बिसं २०६९ पुुस २३ गतेबाट समस्याग्रस्त संस्था घोषणा गरिएको कुबेर मर्चेण्ट फाइनान्स लिमिटेड, ज्ञानेश्वर काठमाण्डौले सो बैंकको नीतिगत व्यवस्था बमोजिम चुक्तापुँजी र पुँजीकोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुचारु रुपमा संचालन गर्ने प्रतिबद्धता जाहेर गरेको र हाल संस्था सुधारोन्मुख देखिएकोले समस्याग्रस्त मुक्त संस्था घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी बिस २०७१ साल चैत्र १६ गते समस्याग्रस्त घोषणा गरेको ललितपुुर फाईनान्सको अवस्था पनि सुधारोन्मुुख भएकोले कारवाही फुुकुवा गरिएको छ । यसअघि नौ वटा संस्था समस्याग्रस्त संस्थाको सुचीमा रहेकोमा अव भने त्यस्तो संख्या घटेर सात वटामा सिमित भएको छ ।

समस्याग्रसत मुक्त संस्था घोषणा भएको कुुवेर ललितपुरले आगामी ३५ दिन भित्र राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुंजी ८० करोड रुपैयाँ पुुर्याउने गरी पुंजी बृद्धिको योजना पेश गर्नुुपर्ने छ ।

यसबाहेक खराव कर्जालाई क्रमिक रुपमा घटाउदै लगि वाञ्छित सीमा भित्र ल्याउनु पर्ने, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त दुरुस्त पार्नु पर्ने, हाल तोकिएको चुक्ता पुँजी नपुगेको अवस्थासम्म एकल ग्राहक कर्जा सीमा कोर क्यापिटलको १० प्रतिशत कायम गर्ने तथा तोकिएको चुक्ता पुँजी पुरा भएको अवस्थामा हाल विद्यमान व्यवस्था अनुरुपको एकल ग्राहक कर्जा सीमा कायम हुनु पर्ने प्रावधान तोकिएको छ ।

हाल कुुवेरको चुक्ता पुंजी १५ करोड रुपैयाँ रहेको छ भने ललितपुरको चुक्ता पुंजी १८ करोड ७९ लाख ४५ हजार रुपैयाँ रहेको छ । यसरी नेपाल राष्ट्र बैंकले समस्याग्रस्त बैंकहरुलाई फुकुवा गर्ने क्रमलाई बढाएको छ ।

दुवैं बैंकको फुकुवा सम्वन्धि पत्र…