अधिवेशनको तयारीमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ

अधिवेशनको तयारीमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले आफ्नो १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको तयारी पूरा गरेको छ । आगामी पुस १ गते शनिबार भक्तपुर कमलविनायकस्थित स्टार बैंकेटमा आयोजना हुने अधिवेशनले अबको तीन वर्षका लागि सङ्घको नयाँ कार्यसमिति समेत चयन गर्ने बताइएको छ ।

साधारणसभा एवम् अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न राष्ट्रिय सहकारी बोर्ड लगायत सम्बद्ध क्षेत्रका विभिन्न व्यक्ति–व्यक्तित्वहरूलाई आतिथ्यताको लागि आमन्त्रण गरिएको जानकारी दिँदै संघका सञ्चालक समितिका सदस्य रामेश्वर चौलागाइँले समारोह दुई चरणमा सम्पन्न हुने र दोस्रो चरणको कार्यक्रममा संघका गतिविधि, प्रगति समीक्षा, सदस्यहरूबीच छलफल तथा अन्तरक्रियाका साथै भावी नेतृत्वको लागि निर्वाचन कार्यक्रम गरिने बताउनु भयो ।