प्रचण्ड र पौडेलबीच गुप्त सम्झौता भएको खुलासा

प्रचण्ड र पौडेलबीच गुप्त सम्झौता भएको खुलासा


माओवादी अध्यक्ष प्रचण्डलाई चितवनमा नेपाली काङ्ग्रेस सम्बद्ध कैयन नेता र कार्यकर्ताले समेत मतदान गरेको जानकारी प्राप्त भएको छ । पार्टीले समर्थन गरेको उम्मेदवार विक्रम पाण्डेलाई मतदान नगरी प्रचण्डलाई मतदान गराउन रामचन्द्र पौडेलनिकट व्यक्तिहरू सक्रिय रहेको बुझिएको छ ।

एक सूत्रले जनाएअनुसार रामचन्द्र पौडेल र प्रचण्डबीच निर्वाचनमा एकअर्कालाई सहयोग गर्ने गुप्त सहमति भएको थियो । उक्त सहमतिपश्चात पौडेलले आफूनिकटका स्थानीय नेताहरूलाई प्रचण्डका पक्षमा मतदान गर्न ‘कान फुकेको’ बताइन्छ । पौडेलले इसारा गरेपछि चितवनका केही काङ्ग्रेसहरू प्रचण्डका पक्षमा उभिन पुगेको बुझिएको छ ।

उता रामचन्द्र पौडेलले आफ्नो पराजयको कारण शेरबहादुर देउवा र गोविन्दराज जोशीको अन्तर्घात भएको ठानेका छन् । प्रचण्डसँग गुप्त सहमति भएको भए पनि उनले त्यहाँ वामपन्थी मत प्राप्त सकेनन् । जोशीले क्षति पु¥याउन सक्ने मत प्रचण्डबाट पूर्ति हुने विश्वासका साथ पौडेल प्रचण्डसँग गुप्त सम्झौता गर्न तयार भएका थिए । तर प्रचण्डले काङ्ग्रेसको मत लिए, पौडेललाई भने उनले कुनै प्रकारले सहयोग गरेनन् ।