भाइरल बने रियाका ‘बोल्ड’ तस्बिर

भाइरल बने रियाका ‘बोल्ड’ तस्बिर


बलिउड अभिनेत्री रिया सेन यतिबेला चर्चाको शिखरमा छिन् । बलिउडकी सुन्दरी अभिनेत्रीमध्येकी एक मानिने रियाले आफ्नो अर्धनग्न तस्बिरहरू सामाजिक सञ्जालमा राखेपछि उनी चर्चामा आएकी हुन् । विभिन्न आकर्षक पोजमा खिचिएका रियाका ती सुन्दर तस्बिर अहिले बलिउडमा भाइरल बनेका छन् । ती तस्बिरमा रिया निकै सेक्सी र बोल्ड देखिएकी छिन् ।

चर्चित बलिउड अभिनेत्री मुनमुन सेनकी छोरी रिया यतिबेला बंगाली फिल्ममा व्यस्त छिन् । उमेरले ३५ लागे पनि रियाको सुन्दरताले उनी टिनएजकी अभिनेत्रीजस्तै देखिन्छिन् । ग्ल्यामर र सुन्दरताका कारण पटक–पटक बलिउडमा चर्चामा आइरहने रिया यसपटक सुन्दरताकै कारणले चर्चामा आएकी हुन् ।
पछिल्लो साता उनले टु पिस र स्विमिङ कस्टममा सजियर सामाजिक सञ्जालमा राखेका तस्बिरहरूले लाखौँ बलिउडका फ्यानको ध्यान आफूतर्फ आकर्षण गर्न सफल भएकी छिन् । उनका यी बोल्ड तस्बिरले अहिले क्याटरिना कैफ, दीपिका पादुकोण र आलिया भट्टलाई समेत पछि पारिदिएको छ । साँचो रूपमा भन्नुपर्दा रिया यतिबेला बलिउडकी हटकेक बन्न सफल भएकी छिन् ।

रियालाई बंगाली–ब्युटी पनि भनिन्छ । उनको सुन्दरताको हिन्दी फिल्म र बंगाली फिल्ममा उत्तिकै चर्चा छ । यही सुन्दरताका कारण रिया बढ्दो उमेरमा समेत सफल पहिलो रोजाइको अभिनेत्री बनेकी छिन् । सेक्सी एन्ड हट अभिनेत्रीको संज्ञा पाएकी रियाले भविष्यमा अझ कस्तो तहल्का मच्चाउने हुन् त्यो बलिउडमा चासोको विषय बनेको छ ।