परीक्षा रद्द गर्न माग गर्दै क्याम्पस प्रमुखको कुर्सी जलाइयो

परीक्षा रद्द गर्न माग गर्दै क्याम्पस प्रमुखको कुर्सी जलाइयो


परीक्षा रद्द गर्न माग गर्दै विद्यार्थीले मोरङ गोठ गॉउमा रहेको पूर्वाञ्चल विश्व विद्यालयको कार्यालयमा तोडफोड गरेका छन् ।

विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् ।

आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको शिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाएका छन् ।

विश्व विद्यालयले लिएको एग्रो मेट्रोलोजी एण्ड क्लाइमेट चेज विषयको परीक्षाको प्रश्न पत्र आउट गरिएको भन्दै पुनः परिक्षाको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

पूर्वाञ्चल विश्व विद्यालयको गोठ गाउँमा उनीहरु अध्ययनरत थिए । यस विषयमा ४७ विद्यार्थी अध्यायनरत छन् ।

यता क्याम्पस प्रमुख अजयकुमार शाहले विद्यार्थीको आन्दोलनका बारेमा आफूले हिजो नै उपकुलपति र डिनलाई जानकारी गराई सकेको जानकारी दिए ।