सम्सारा यूकेको ब्रान्ड एम्बेसडरमा रेजिना उप्रेती

सम्सारा यूकेको ब्रान्ड एम्बेसडरमा रेजिना उप्रेती


काठमाडौं । सम्सारा फाइनान्सियल यूकेका लागि नायिका रेजिना उप्रेती ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् ।

गैरकानूनी हुन्डीमार्फत हुने कारोबारलाई निरुत्साहित गर्न सम्साराले गर्ने कार्यक्रममा नायिका उप्रेती सरिक हुनेछिन् । रेजिना विभिन्न जनचेतनामूलक अभियानको राजदूत बनिसकेकी छिन् । गैरकानुनी हुन्डी निरुत्साहित गर्ने अभियानमा सरिक हुन सम्साराको ब्रान्ड एम्बेसडर बन्न राजी भएको बताइन् । ‘यो पनि एक प्रकारको जनचेताना फैलाउनु नै भएकाले म ब्रान्ड एम्बेसडर भएकी हुँ,’ उनले भनिन् ।

हिजो राजधानीमा गरेको पत्रकार सम्मेलनमा सम्साराका निर्देशक राजाराम गिरीले विभिन्न चेतनामूलक अभियानमा सक्रिय भएकाले रेजिनालाई ब्रान्ड एम्बेसडर बनाएको बताए । युरोप तथा बेलायतबाट गैरकानूनी हुन्डीमार्फत कारोबार हुँदा सरकाले वर्षेनी करोडौँ राजस्व गुमाइरहेकाले नायिकाको साथमा यसलाई निरुत्साहित गर्ने कार्यक्रम गर्न लागेको गिरिले बताए ।

सम्सारा यूके बेलायतमा बस्ने नेपालीले प्रवर्द्धन गरेको रेमिट्यान्स सेवा प्रदान गर्ने संस्था हो । यसले कुमारी बैंक तथा नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत नेपालमा रकम पठाउँदै आएको छ । – काठमाडौं मेस