सरकारको नेतृत्व दाहाललेनै गर्ने मओवादीको दावी

सरकारको नेतृत्व दाहाललेनै गर्ने मओवादीको दावी


काठमाडौ । राष्ट्रिय सरकारको नेतृत्वमा दाहालको विकल्पमा पार्टी उपाध्यक्ष वावुराम भट्टराईको नाम चर्चामा रहेको बेला आज बसेको माओवादी पदाधिकारीको बैठकले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललेनै गर्ने अडान अघि सारेको छ । अरु कसैको नेतृत्वको मान्य नहुने पनि माओवादीले बताएको छ । यसअघि माओवादीले सरकारको नेतृत्वबारे लचिलो हुनसक्ने संकेत दिएको थियो ।

बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस- एमालेले अघि सारको संयुक्त सहमतिको दस्तावेज एकलौटी भएको समेत माओवादीले ठहर गरेको बताए । श्रेष्ठले आफ्नो पार्टीलाई सहभागी नगराइ ति दुई पार्टीले मात्र तयार पारेको दस्तावेज मान्य नहुने र त्यसमा थप छलफलको आवाश्यक्ता भएको बताए ।

‘अन्य दलहरुले सरकारको नेतत्वमा खिचलो निकालेकाले विकल्पबारे छलफल गर्न सकिन्छ भनेका हौ, तर सरकारको नेतृत्वको दावी हामीले छाडेका छैनौ, अध्यक्ष कमरेडले नै सरकारको नेतृत्व गर्नुहुन्छ यसमा पार्टीभित्र कुनै विवाद छैन’ उनको भनाई थियो । – काठमाडौं मेस