विश्वकप फुटबल २०१० आजबाट आरम्भ

विश्वकप फुटबल २०१० आजबाट आरम्भ


लण्डन । ७९ वर्ष, १० महिना, २९ दिनअगाडि, फिफाले पहिलोपल्ट इन्टरनेशन फूटबल टुर्नामेन्टको आयोजना गरेको थियो । शुरुमा इन्टरनेशनल च्याम्पियनशिप नाम दिएर मोन्टेभिडियो, उरुग्वेमा शुरु भएको सो घटना अहिले व्रम्हाण्डको सबैभन्दा ठूलो र प्रसिद्ध अनि लोकप्रिय समय जो लगभग एक महिनाको अवधिभरि सँसारको विभिन्न देशहरुमा हरेक चौंथो वर्षमा आयोजना गरिँदै आएको छ ।

सन् २०१०को विश्व कप दक्षिण अफ्रिकाको जोहानस वर्गस्थित सकरसिटी स्टेडियममा आज दिउँसो यूके समय साढे एक बजे आधिकारिक रुपमा शुरु भएको विश्व कप धेरै अन्य महत्वको सन्दर्भहरुमा विशेष भएको छ । पहिलोपल्ट यो अफ्रिका महादेशमा भएको हो । दक्षिण अफ्रिकाका नौवटा शहरहरुमा आयोजित हुने महिनौं लामो यस विश्वकप प्रतियोगितामा ३२ वटा फाइनलिस्ट राष्ट्रहरुको सहभागिता रहने छ र । आज दिउँसो शुरु भएको उदघाटन कार्यक्रममा नेल्शन मेण्डेलाकी पनातिनीको कार एक्सिडेन्टबाट हिजो मृत्यु भएकोले मण्डेला सो कार्यक्रममा उपस्थित हुन पाएनन् । उनी आजकै दिनमा अग्रेजहरुका जकडबाट मुक्त भएका थिए र यस दिन त्यही भावलाई जागृत गर्नको लागि चुनिएको थियो । ओपेनिँग सेरेमोनीको अवसरमा दक्षिण अफ्रिकाका प्रसिद्ध १,५८१ जना कलाकारहरुबाट प्रख्यात कलाको प्रदर्शनी गरिएको थियो ।

विश्व कपको पहिलो प्रतियोगिता, मेक्सिको र दक्षिण अफ्रिकाको बीचमा भएको थियो जसमा दुबैले एकअर्काको विरुद्ध बराबर अर्थात् एक एक गोल गरेका छन् भने १३ जुनसम्म निम्न प्रकारका प्रतियोगिताहरुको रुटिन रहेको छ –

उरुग्वे विरुद्ध फ्रान्स ११ – जुन ८:३० बजे साँझ
दक्षिण कोरियष विरुद्ध ग्रीस – १२ जुन १:३० दिउँसो
अजेन्टिना विरुद्ध नाइजेरिया – १२ जुन ४ बजे साँझ
इँग्ल्याण्ड विरुद्ध युनाइटेड स्टेट्स – १२ जुन ८:३० साँझ
अल्जेरिया विरुद्ध स्लोभेनिया – १३ जुन १:३० दिउँसो
सर्सवया विरुद्ध घाना – १३ जुन अपरान्ह ४ बजे
जर्मनी विरुद्ध अस्ट्रेलिया – १३ जुन साँझ ८ :३० बजे

याद रहोस् माथि उल्लेख गरिएका समय दक्षिण अफ्रिकाको समय हो ।
-मेस, तस्वीर नेट