लक्ष्मी बैंक लिमिटेडको शेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बिहीबार सम्पन्न बैंकको १७ औँ वार्षिक साधारणसभाले कम्पनीको संचालक समितिको सो प्रस्तावलाई पारित गरेको हो ।
साथै, सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि शुन्य दशमलव ५३ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । उक्त सभाबाट पारित बोनस सेयर जारी भएपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
बैंकले आर्थिक बर्ष २०७३-७४ मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पु¥याएको छ । सोहि आर्थिक बर्षमा बैंकले १ अर्ब रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गरेको छ ।
प्रतिक्रिया