ब्रसेल्सको नेपालीको नयाँ खालको नयाँ पसल

ब्रसेल्सको नेपालीको नयाँ खालको नयाँ पसल


ब्रसेल्स । नेपालको म्याग्दी जिल्ला स्थायी घर भई विगत १० वर्षदेखि बेल्जियममा बसोबास गर्दै आएका ललित जुग्जाली पुन मगरले यूरोपियन केन्द्रविन्दु मानिने ब्रसेल्सको सेन्टरमा युरोप तथा अन्तर्राष्ट्रिय रुपमा उपहारको सामान विक्री-वितरण गरिने खालको टुरिष्टिक चिजहरुको पसल १ लाख यूरोभन्दा बढी लगानी गरी खोलिएको छ । यसरी यो व्यबसाय बेल्जियममा रहेका नेपाली समुदायका विभिन्न व्यापारिक व्यवसायहरुभन्दा अलि फरक खाल र फरक विशेषतामा रहेको छ । यो व्यबसाय बेल्जियममा नेपाली समुदायहरुको बीचमा खोलिएको पसलमा दोश्रो हुन पुगेको छ । उक्त पसलको नाम एभरेष्ट गिफ्ट सप राखिएको समाचारमा जनाइएको छ ।

गत वर्ष बेल्जियमको ब्रसेल्स सेन्टरमै यही एउटै नयाँ विशेषतामा रहेको टुरिष्टिक सामान भएको संचालक द्वय कृष्ण तिवारी र जीत बहादुर लामा रहेको बेल्जियम गिफ्ट सेन्टरको नामबाट पहिलो पसल व्यावसायिक रुपमा खोलिसकेका छन् । यी व्यबसायीहरुले यो व्यवसायलाई व्यापकता दिन नेपालबाट उत्पादित नेपाली समानहरुलाई पनि आयात गरी उपहारकोे रुपमा संसारभरि फैलाउने योजना रहेको बताएका छन् । बेल्जियम वा सोभन्दा बाहिर रहेका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुले आफ्ना लागि कुनै उपहारका समान चाहनेका लागि विशेष छुटमा उपलव्ध गराउन सक्ने कुरा संचालकहरुले जनाएका छन् । -कृष्ण तिवारी