हजुरबाबाको विमान

हजुरबाबाको विमान


लण्डन । ९४ वर्षीय, दोश्रो विश्वयुद्धका योद्धा, बेलायती वायुसेनाको विङ्ग कमाण्डर, केन वालिश, एम.बी. ई., बेलायतका एकजना त्यस्तो प्रतिभाशाली व्यक्तित्व हो जसको बारेमा भन्नुपर्दा अटोगाइरो विमानको अविष्कारको सन्दर्भमा शताब्दीको नै इतिहासभन्दा अत्युक्ति नहोला । अटोगाइरो विमान भन्नाले पङ्खायुक्त सानो अकारको विमान जसलाई एकजना सवार भएर उडाउने गर्दछ । यस विमानलाई गाइरोकोप्टर, रोटाप्लेन वा गाइरोप्लेन पनि भन्दछ । यस विमानको म्याकानिज्म हेलिकोप्टरको जस्तै पङ्खा विमानमाथि जडान गरिएको हुन्छ र जहाज पङ्खाभित्रको प्रोपेलि‹ मेसिनको पद्धत्तिबाट सञ्चालित हुन्छ ।

भर्खरै प्राप्त समाचारअनुसार केन वालिशले हालै निर्माण गरेका अटोगाइरो विमानलाई नागरिक उड्डयान प्राधिकारणले उडानको गति कम भएकाले अन्तर्राष्ट्रिय उडान भर्नलाई रोक लगाइएको छ जसको गति केवल ७० माइल प्रतिघण्टा रहेको छ । उनको यो विमान चलाएर बाहिर जाने सपना अधुरो रहेको छ । उनको प्रयास १४० माइल प्रतिघण्टाको रफ्तारमा चलाउने रहेको थियो ।

उनको नरफोकस्थित घरको मिनिह्या‹रमा उनले निर्माण गरेका यस्ता २०वटा यस्ता विमानहरु राखेका छन् । उनको अनुसार ती विमानहरुको प्रयोग गरेर उडान भर्दा कथंकदाचित विमानको मेशिन बन्द भए पनि अवतरण गर्दा रोटरहरु स्वचालित हुने हु“दा सुरक्षित रहन्छ । उनको उपलब्धिहरु बारे भन्नुपर्दा ९४ वर्षको अवस्थामा पनि केही गर्छु भन्ने व्यक्तित्व यस संसारमा पाउन बिरलै देखिन्छ । उनले ११ वर्षको उमेरमा नै मोटरबाइक बनाउन थालेका थिए र त्यसपछि किशोरअवस्थामा नै क्यामब्रिज छेउमा रेसमा प्रयोग गर्ने पावरबोट बनाउन सफलता प्राप्त गरेका थिए । उनी स्पोर्ट्स कारहरुको डिजाइन तथा बनाउनेदेखि लिएर उडाउने कलासमेत सानैमा सिकेका थिए ।

दोश्रो विश्वयुद्धमा बम्बर पाइलटको रुपमा बेलायती वायुसेवामा काम गरेका थिए र विभिन्न वायुयानहरु उडाउने कार्यमा दक्षता हासिल गरेपछि १९४२ अगावै विभिन्न वैज्ञानिक अविष्कारहरु गर्ने सफलता हासील गरेका थिए । उनले निर्माण गरेका पहिलो विद्युतीय, रेसिङ कारहरुमा प्रयोग गर्ने, स्लोट सर्किट उल्लेखनीय छ, साथै हातले निर्माण गरिएको विद्युतीय मोटर र अगाडिको चक्कावाला स्टियरिङले सफलता प्राप्त गरिसकेको थियो । पछिल्लोपटक प्राविधिक समष्याहरु समाधान गर्नको लागि उनलाई आरएएफको गौरवपूर्ण सेवामा तैनाथ गरिएको थियो जसमा नया“ क्यानबेरा जेट बम्बर जहाज पनि सम्मिलित थियो । उनी सन् १९६४ मा आरएएफ बाट सेवा निवृत्त भएका थिए र आफ्नो महत्वाकांक्षी विमान अटोगाइरो निर्माण गर्नेतर्फ दत्तचित्त भएर लागे । यस विमानलाई अविष्कार गरेर विमानको प्रयोग उनले १९५९ मा नै गरिसकेका थिए ।

जेम्स बोण्ड फिल्ममा जेम्सबोण्डको डबलको हैसियतमा यु ओन्ली लिभ ट्वाइस् आफैले निर्माण गरेका लिटल नेली नामक अटोगाइरो विमान उडाएर तहलका मच्चाएका थिए । त्यसपछि टेलिविजन र कयौं फिल्महरुमा समेत रोल खेलेका केनले होमअफिस र रक्षा मन्त्रालयको अनुरोधमा पुलिस विभाग र सेनालाई उनले निर्माण गरेका अटोगाइरो विमान प्रयोग गरेर मद्दत्त गरेका थिए । उनको उपलब्धिलाई मध्येनजर गरेर विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय नियोगहरु र व्यावसायिक संस्थाहरुले विभुषण र पदकहरुको ओइरोले सम्मानित गरिसकेका छन् । उनले आविष्कार गरेका दुइटा अटोगाइरो वीमानको वर्गीकरणमा १७वटा रेकर्ड कायम गर्न सफल भएका छन् र यसरी दुइटा वर्गमा जम्मा हालसम्म ३४वटा रिकर्ड राखेका छन् र अझ पनि ९४ वर्षको उमेरले उनलाई रेकर्डमाथि रेकर्ड थप्न छेकेको छैन । श्रोत: नेट, – सुमल, मेस