दक्षिण कोरिया विश्वकप २०१० को पहिलो बिजेता

दक्षिण कोरिया विश्वकप २०१० को पहिलो बिजेता



लन्डन । हिजो शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिकाले मेक्सिकोसँग १-१ को बराबरी नतिजा आत्मसात गरेको छ । सकरसिटी रंगशालामा समूह ‘ए’ को खेलमा दक्षिण अफ्रिकाले निकै उत्कृष्ट प्रदर्शन गरेको थियो । विश्वकप फुटबल इतिहासमा तेस्रोपटक अफ्रिकी राष्ट्रले उद्घाटन खेल खेल्न अवसर पाएको थियो ।

अफ्रिकी घरेलु टोलीले ८५ हजार समर्थकको मन जित्ने खेल प्रस्तुत गरेको थियो । दुवै टोलीले मध्यान्तरअघि रक्षात्मक खेलेका थिए । मध्यान्तरपछि दुवै टोली आक्रमक देखिए । विश्व फुटबलकै लक्की प्रशिक्षकका रूपमा चिनिने फिलिप स्कोलारीको टोली अफ्रिकाले खेलको ५४औँ मिनेटमा अग्रता गोल गर्‍यो ।

विश्वकपको दोस्रो खेलमा फ्रान्स र उरुग्वे दुबैले गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगियो। केपटाउन स्टेडियममा भएको खेलमा दुबै टिम एक एक अंक बाड्न बाध्य रहे। खेल अवधिमा फ्रान्सले गोल गर्ने अवसरहरु पाए पनि सदुपयोग गर्न सकेन। फ्रान्स स्भाविक रुपमै बलियो टिम हो। तर उसले पनि इन्जुरीमा पाएको फ्रि किकको सदुपयोग गर्न सकेन।

यसै बिच आज भएको दक्षिण कोरिया र ग्रिस खेलमा विश्व कप फुटवल २०१० को पहिलो जीत दक्षिण कोरियाले हात पारेको छ । दोस्रो दिनको पहिलो खेलमा ग्रिसलाई २-० ले हराएर उसले पहिलो जीत हात पारेको हो ।

शुक्रबारबाट सुरु भएको फुटवल महामेलाको यो तेस्रो खेल थियो । दक्षिण कोरियाले खेल सुरु भएको छैटौं मिनेटमा पहिलो र ५२ औं मिनेटमा दोस्रो गोल गरेको थियो । पुरै खेल अवधीभर कोरिया ग्रिस माथि हावि भएको देखिन्थ्यो ।

अर्को खेल अब केहि क्षणमा अर्जिन्टेना र नाइजेरिया बीच हुदैछ । -मेस