- विजय ‘नेपाल’
संविधान सभाबाट संविधान बनाउने मुख्य काममा यसअघि डटेर लागेका झण्डै एकसय निवर्तमान सांसद आम चुनाव पराजित हुन पुगेका छन् ।
प्रदेशसभाका निम्ति उम्मेदवार बनेका यसअघि संविधान सभा सदस्यका रुपमा निर्वाचित ९६ जना निवर्तमान सांसद् पराजित भएका हुन् ।
यो संख्या प्रतिनिधि सभा सदस्य निर्वाचनमा हार व्यहोर्नेको मात्र हो । प्रदेश सभा राजेका केही निवर्तमान सांसद् पनि पराजित भएका छन् ।
बाहलावाला मन्त्रीहरु अम्विका बस्नेत, महेन्द्र यादव, रामकृष्ण यादव, सीता गुरुङ, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले नेता बामदेव गौतम पराजित भएका छन् । यस्तै, पूर्व मन्त्रीहरु अजयशंकर नायक, डा. रामशरण महत, अर्जुननरसिंह केसीले पनि पराजय भागेका छन् ।
दलका वरिष्ठ नेता, बाहलवाला मन्त्री समेत रहेका सांसद्हरु प्रतिनिधि सभामा पुनः निर्वाचित भएर आउन असफल भएका छन् भने पराजित हुनेमा धेरै कांग्रेस सांसद् रहेका छन् । यसले उनीहरुलाई अघि बढ्न बाटो छेकेको छ ।
पराजय निवर्तमान संसदहरुको लिष्ट यस्तो छ….
![]()
प्रतिक्रिया