इङ्ग्ल्याण्डलाई हार बराबरको नतिजा प्राप्त

इङ्ग्ल्याण्डलाई हार बराबरको नतिजा प्राप्त


लण्डन । खासगरी आज, १२ तारिखको अन्तिम म्याच तथा इङ्ग्ल्याण्डको पहिलो म्याच यहाँ यूकेमा अति नै चासो र उत्साहको साथ हेरिएको थियो । दिउँसो साउथ कोरिया र ग्रीसीच भएको गेममा साउथ कोरियाले ग्रीसलाई शून्यको विरुद्ध दुर्इ गोलले पराजित गरेको थियो भने, त्यसपछि भएको खेलमा म्याराडोनाको प्रशिक्षणमा रहेको अर्जेन्टिनाको टिमले नाइजेरियाविरुद्ध मात्र एक गोल लगाउन सफल भएको थियो । साउथ कोरियाको ६ नम्वर जर्सी लगाउने ली र म्यान्चेस्टर युनाइटेडबाट खेल्ने पार्कले एक गरी ग्रीसविरुद्ध दुर्इ गोल गरेको थियो जसलाई साउथ कोरियाको ठूलो उपलब्धि मानिएको छ ।
एसियाबाट साउथ र नर्थ कोरिया, अस्ट्रेलिया, न्युजिलैण्ड र जापान गरी पाँच राष्ट्रहरुको सहभागितामा सबैभन्दा ज्यादा आशा गरिएको राष्ट्र दक्षिण कोरियाको शुरुवातलाई अत्यन्तै सन्तोषजनक रुपमा हेरिएको छ । दक्षिण कोरियाले अत्यन्तै सन्तुलित र सुनियोजित खेलको प्रदर्शनी गरेको थियो ।
कोरिया र ग्रीसको खेलपछि अर्जेन्टिना र नाइजेरियाबीचको प्रतियोगितामा सोँचेजस्तो परिणाम ल्याउन नसकेको भए तापनि म्याराडोनाको प्रशिक्षणले गर्दा आमभन्दा ज्यादा चर्चा पाएको सो समूहले समूलमा उत्कृष्ठ खेलको प्रदर्शनी गरेको भने मान्नै पर्ने हुन्छ ।
आजै साँझ सञ्चालन भएको, अति नै प्रतीक्षित खेल भने आम दर्शकहरुले सोँचेअनुरुप नभएको चर्चा सर्वत्रै छ । अमेरिकामा फुटबल अर्थात् सकरलाई राष्ट्रिय चासोको सवालमा छैटौं दर्जामा राखिन्छका खेलाडीहरुसँग विश्वको शुरुवातबाटै चर्चाको शिखरमा रहेको र जनचासोको हकमा प्रमुख राष्ट्रिय खेलको दर्जामा राखिएको र विश्वका खेलाडीहरुको दर्जामा माथिल्लो शिखरमा रहेको इङ्ल्ल्याण्डको एक एक गोल गरी बराबरीमा खेल समाप्त भएकोलाई सर्वत्र अमेरिकाको जीत मानिएको छ र सोही अर्थमा इङ्ल्याण्डको हार ठानिएको छ । यस प्रतियोगितामा इङ्ग्ल्याण्डका गोलकिपर एक किसिमले खलनायक भएका छन् । उनले अमेरिकाको फुटबलको प्रहारलाई ज्यादा महत्व नदिएको स्पष्ट हुन्छ ।
-मेस