अति भो, देश बर्बाद नगर – कमल थापा

अति भो, देश बर्बाद नगर – कमल थापा


काठमान्डौं । मकवानपुरमा आयोजित आएक मसभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी र संवैधानिक राजा एकै स्थानमा अटाउने संविधानमात्र विकल्प रहेको बताएका छन्। मुलुकमा एकीकृत नेकपा माओवादीले हिंसा, हत्या, अपहरणजस्ता निन्दनीय घटनालाई बढावा दिएर राष्ट्रको शान्तिप्रक्रियालाई धरापमा पारेको आरोप लगाउदै थापाले भने ‘अब अति भो, देश बर्बाद नगर’।

अध्यक्ष थापाले सत्तामोहकै कारण जननिर्वाचित संविधानसभालाई समेत असंवैधानिक ढङ्गबाट म्याद थपिएको आरोप समेत लगाए।

हेटौँडास्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले संविधानसभाको म्याद थप्नेबारेमा मुख्य दलबीच पहिले नै सहमति भएको दावी गरे। जेठ १४ गते दलले संविधानसभा भवनमा म्याद थप्नेबारे ‘नाटक’मात्र गरेको आरोप उनले लगाए।

सरकारको राजिनामा माग गर्दै आइरहेको एकीकृत नेकपा माओवादीको मागमा पनि कुनै तुक नरहेको थापाको भनाइ थियो। ‘माधव नेपालले राजिनामा दिए पनि, नदिए पनि राजनीतिमा कुनै फरक पार्दैन,’ थापाको भनाइ थियो – ‘किनकि दलसँग शान्ति र संविधानका लागि स्पष्ट खाकाको अभाव छ।’ -मेस