नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिएका छन् । शुक्रबार अपराह्न काठमाडौंमा भएको भेटवार्तामा दुई नेताबीच नयाँ सरकार गठन, पार्टी एकता प्रक्रिया, राष्ट्रियसभाको गठनलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ ।
अध्यक्षद्वयबीचको छलफलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र वाम गठबन्धन परिणाममुखी भएको निष्कर्ष निकालेको पनि तिम्सिनाले बताए ।
छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियो बनाएर लैजाने समझदारी पनि भएको छ भने छलफल सकारात्मक भएको र आवश्यक गृहकार्य गरेर अघि बढ्नेमा दुई अध्यक्षबीच समझदारी बनेको दाबी गरिएको छ ।
प्रतिक्रिया