रिडिङ् आमासमूह यूकेको च्यारिटि कार्यक्रम्

रिडिङ् आमासमूह यूकेको च्यारिटि कार्यक्रम्


रिडिङ् । हिजो रिडिङ वेर हाउसमा, रिडिङ् आमा समूहले एक च्यारिटि कार्यक्रमको आयोजना गरेर आफ्नो सँस्थासँग आबद्ध आमा सदस्यहरुलाई बिभिन्न अवस्थामा आइ पर्न सक्ने समस्याहरुमा सहयोग गर्नको लागि फन्ड राइज गरेको छ ।
सो आमा समूहले विगतमा अनेकौं अवसरहरुमा आपत् र विपदमा परेका नेपालिइहरुको उद्धार् गर्नेगरेको सर्बत्र चर्चा छ । सोही कारणको लागि राखिएको हिजोको कार्यक्रममा आमाहरुलाई साथ दिनको लागि प्रशस्तै सहभागीहरु उपस्थित भएका थिय ।
कार्यक्रमको शुरुमा, एक चौरानब्बे वर्षीय वृधा महिला जयकला थापालाई सम्मानस्वरुप संस्थापक तथा वर्तमान अध्यक्ष एकमाया थापाको हातबाट खादा ओढाएपछि कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रमको सन्चालन यशोधा बुढाले गनेकिथिईन् । कार्यक्रमलाई रौनकपूर्ण बनाउने क्रममा नृत्य तथा दोहोरीको प्रस्तुति रहेको थियो । सो कार्यक्रममा राम्रै रकम उठेको जनाइएको छ । आमाहरुको सो कार्यक्रमलाई उपस्थित दर्शकहरुले अत्यन्तै व्यवस्थित रहेको बताएकाछन् ।
-याम, ब्राक्नेल्, मेस
फोटोहरु केही छिनमा अपडेट् गरिनेछ ।