बुम रेमिट्यान्स प्रा.लि.ले २०७४ साल भाद्र २८ गतेदेखि मंसिर ३० गते सम्म लागु गरेको विभिन्न पुरस्कारका योजनाहरु एक महिनाको लागि बढाएको छ । बुमले ग्राहकहरुको अनुरोध र अपार सफलताका कारण उक्त योजना आगामी पुस ३० गते सम्मलाई बढाइएको बताएको छ ।
उक्त पुरस्कार योजनाअन्र्तगत टिर्सट, घडी, स्कूल व्याग र बम्पर उपहारमा ३२ इन्चको कलर टि.भी. राखिएको छ । नेपालीहरुको महान चाड माघे संक्रन्तिका दिन पारेर उक्त बम्पर उपहारको चिठ्ठा खोलिने र विजेता घोषणा गरिने कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिए ।
हाल कतार, यूएर्ई, बहराईन, कुवेत, ओमान, मालदिब्स र हङ्गकङ्गबाट विप्रेषण भित्र्याएको बुम रेमिटले सिघ्र नै मलेसिया, साउदी अरब, दक्षिण कोरीया आदि मुलुकहरुमा सम्बन्ध विस्तार गर्न लागिएको पनि जानकारी गराएको छ । बुम रेमिटबाट नेपाल अधिराज्यभर सस्तो शुल्कमा आन्तरिक विप्रेषण पनि पठाउन सकिने व्यवस्था रहेको छ । कम्पनिको नेपाल भरी ४ हजारभन्दा बढी एजेन्ट सञ्जाल रहेका छन् ।
प्रतिक्रिया