रानीले सिट बेल्ट लगाउन भुलिन्

रानीले सिट बेल्ट लगाउन भुलिन्


लन्डन। हिजो सोमबार रानी एलिजाबेथ विन्डसरमा आफ्नो जगुआर कार सिट बेल्ट् नलागाई चलाएको भेटिइन्।

उनी सार्वजनिक बाटोमा भने थिइनन्। यदि कोही निजी बाटोमा नै बिनासिट बेल्ट सवारी चलाउँदै गर्दा भेटिएको भए पनि प्रहरिले रोक्न सक्दछ, साथै यो एउटा नियम बिरुद्ध हो। तर शासन गरिरहेको राजा रानीले यसो गरे पनि दोषी हुन सक्दैन, किनभने बेलायती अदालतहरु नै रानीको लागि स्थापित छन् र उनी आफू आफ्नै बिरुद्ध प्रतिवादी हुन सम्भव छैन।

बेलायतमा केवल रानी मात्र एक व्यक्ति यस्ती हुन् जसले बिनाचालक अनुमतिपत्र सवारी हांक्न सक्छिन् र गाडीको दर्ता नंबरसमेत राख्न आवश्यक पर्दैन। एक साधारण व्यक्तिले बिनासिट बेल्ट गाडी चलाएमा ६० पाउन्ड जरिवान तिर्नुपर्दछ। यो जरिवाना गत बर्ष ३० पाउन्डबाट गृह कार्यलयले कम भएको भनि ६० पाउन्ड तोकेको हो।

बितेको दिनमा ८४ वर्षीय रानीले ड्युक अफ एडिन्बर्घलाई गाडी उच्च गतिमा चलाएकोले हप्काएकी थिईन्।

सिट बेल्ट सडक सुरक्षाको लागि अति नै महत्वपूर्ण छ। बेलायतमा हरेक दिन एकजनाको बिनासिट बेल्ट गाडी चलाउँदा मृत्यु हुने गर्दछ। -मेस