बेलायतस्थित कांग्रेस कार्यकर्ताहरुको प्रेस विज्ञप्ति

बेलायतस्थित कांग्रेस कार्यकर्ताहरुको प्रेस विज्ञप्ति


केही हप्ताअगाडि केही व्यक्तिहरुको नामबाट नेपाली जनसम्पर्क समितिको वैधानिकता र दोहोरो नागरिकताको विषयमा कुरा उठाउने बेलायतस्थित नेपाली कांग्रेसका निष्ठावान साथीहरुलाई कारबाहीको सिफारिस गर्न सल्लाह दिने नेपाली कांग्रेसका बेलायतस्थित ती सल्लाहकारहरुलाई जय नेपाल चढाउन चाहान्छौं । सायद तपाईं कारबाहीका लागि आवाज उठाउने साथीहरु नेपाली जनसम्पर्क समितिमा धेरै सक्रिय भएको र लामो समयदेखि नेपाली कांग्रेसले आहृवान गरेको आन्दोलनमा निरन्तर सहभागी भएको हुनाले होला चिनजान नभएको हुनसक्छ । आशा गरौं तपाईंहरुलाई भविष्यका सम्पूर्ण कार्यक्रममा सदा सक्रिय देख्न पाइने छ र, तपाईंहरुलाई निकट भविष्यमा भेटी तर्कवितर्क समेत गर्न पाइने छ । संगठन सुद्धीकरण र सुदृढीकरण गर्ने सिलसिलामा तपाईंका कारबाही गर्न उक्साउने पाइलाहरु निरन्तर बढ्दै जाऊन् ।

विचारको द्वन्द्वले चलाएको समाजवादी राजनीतिक चिन्तनका पक्षमा उभिँदा राणाहरुले नेपाली जनतालाई सधैं अन्धकारमा राखे । महामानव स्व.वीपी कोइरालाले महेन्द्रको २०१७ सालको कदम अवैधानिक छ भन्दा कारबाही खानु पर्‍यो, जेल जानु पर्‍यो, यातना भोग्नु पर्‍यो । त्यस्तै स्व.गणेशमान सिंह, स्व.गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टर्राई लगायतका हजारौं निष्ठावान कार्यकर्ताहरुले पनि यातना भोग्नु पर्‍यो । केही वर्षअगाडि वैधानिकता र समाजवादी चिन्तनको कुरा गर्दा र प्रजातन्त्र पुनर्स्थापनाको कुरा गर्दा पूर्वराजा ज्ञानेन्द्रले नेपाली जनतालाई जेल, नेल र यातना दिए र कारबाही गरे । माओवादीको अप्रजातान्त्रिक, अधिनायकवादी, हिंस्रक क्रियाकलापका विरुद्धमा विरोध र विचार राख्दा नेपाली कांग्रेसका कार्यकर्ताहरुले विगत १४ वर्षदेखि मानसिक यातना, भौतिक कारबाही, घरजग्गा कब्जा र लुटपाट व्यहोर्नु परिरहेको छ । अरुका विचारसँग असहमति आएमा निरंकुशहरु प्रजातान्त्रिक वादविवाद, तर्कवितर्क, छलफल गर्नुभन्दा आफूलाई साहसी प्रदर्शन गर्न कारबाहीमात्र अन्तिम अस्त्र ठान्दछन् । चिनियाँ अधिनायकवादले आजसम्म पनि प्रेस स्वतन्त्रता बन्द गरिरहेका छन् । सन् १९९० को दशकसम्म रोमानियाका चाउचेस्कोले पनि त्यही गरे । पाकिस्तानका जिया उलहकले पनि त्यही गरे । रुसका अधिनायकवादी शासकले पनि विमति राख्ने सबैलाई कारबाही गरे । तर, यो समाजवादी आन्दोलनलाई अगाडि बढाउन नेपाली कांग्रेसले वाक स्वतन्त्रता सदैव खुल्ला राखेको छ । प्रेस स्वतन्त्रतालाई यसले नैसर्गिक बनाएको छ । लेखबाट, इमेल, वक्तव्यबाट प्रजातान्त्रिक भावनाहरु खुल्ला गर्न र बहसमा ल्याई निष्कर्षमा पुर्‍याउन नेपाली कांग्रेसले यसलाई नैसर्गिक अधिकार मान्दै सूचनाको हक र सम्प्रेषित हुने अधिकारलाई आफ्नो समाजवादी मूलमन्त्रमा अग्र स्थान दिएको छ ।

यहाँ जनसम्पर्क समितिको वैधानिकताको कुरा उठाउने सबैलाई कारबाही गर्छु भन्नु समाजवादभित्रको अधिनायकवाद हुन जान्छ । हामी जान्दछौं हामीलाई कारबाही गर्दा नेपाली जनसम्पर्क समिति बलियो, संगठित र वैधानिक हुन्छ भने अग्रिम शुभकामना छ, कारबाही गरे हुन्छ । हामीले जनआन्दोलन १ र २ मा पनि पन्चायती तानाशाहको कारबाही खान पछि हटेनौं । चाहे त्यो मानसिक वा भौतिक रुपमा किन नहोस् । जंगलमा बसेका माओवादीको अधिनायकवादी क्रियाकलाप र हिंस्रक फासीवादी सोचविरुद्ध समाजवादी मूलधारमा ल्याउन आवाज उठाउँदा, भौतिक कारबाही खेपेकै हौं । अझै पनि माओवादी ज्यादती विरुद्ध लेख्न र बोल्न छाडेका छैनौं । तसर्थ हाल विभिन्न पत्रपत्रिका, वेभसाइट र इमेलमार्फत् नेपाली जनसम्पर्क समितिको वैधानिक हैसियत गुमाएका अध्यक्ष लोक गुरुङद्वारा प्रकाशित विज्ञप्तिभित्रको कारबाहीले न त हाम्रो सामाजिक, राजनीतिक, वैधानिक आवाजमा प्रभाव पार्दछ, असर पार्दछ, न त हाम्रो मार्गमा अवरोध नै पुर्‍याउँछ । यसबाट संगठनमा आउने गम्भीर परिणाम तथाकथित् वक्तव्य निकालेर नेपाली कांग्रेसका आस्थावान कार्यकर्तालाई अपमानित पार्ने सम्बन्धित पक्ष नै जिम्मेवार रहनु पर्नेछ । एकता आजको आवश्यकता हो । त्यसका लागि सबै वैधानिक हुनर्ुपर्छ । प्रजातान्त्रिक छलफलका लागि सबै तयार हुनुपर्दछ । प्रजातान्त्रिक आन्दोलनमा सहादत्त प्राप्त गर्ने सहीदहरुलाई स्मरण गर्दै र अंगभंग हुनेहरुलाई सदैव आदर गर्दै आपसी छलफल गरी एकताको वातावरण बनाउनु पर्ने नैसर्गिक आवश्यकता बोध भएको छ । हामीलाई लाग्छ नेपाली जनसम्पर्क समिति बेलायतभित्रका निष्ठावान कार्यकर्ताहरुलाई सम्मान गर्ने, इज्जत गर्ने साथीहरुले नेपाली जनसम्पर्क समितिभित्र आजैदेखि भय, त्रासका साथ निर्भिक रुपमा उभिई आजैदेखि बहस र गृहकार्य गर्नुपरेको छ । जुन जनसम्पर्क समितिको एकताको हितमा प्रतिविम्वित हुनेछ र, यसलाई इतिहासले कदर गर्नेछ ।
सायद मार्क्स र लेनिनलाई पनि लागेको थिएन होला, आफ्नै सम्झनामा स्मरणका लागि राखिएका सालिकहरु रुसका जनताले परिवर्तनका लागि भत्काउँछन् भनेर । सायद, तत्कालीन पाकिस्तानी तानाशाह जिआ उल हकलाई पनि लागेको थिएन होला, एक दिन आफू हेलिकोप्टरमै दुर्घटना भएर मर्छु भनेर । सायद, चिनियाँ शासकहरुलाई पनि लागेको थिएन होला, खुल्लापनका लागि तियानम्यान चोकमा प्रदर्शन हुन्छ भनेर । सायद, तानाशाही ज्ञानेन्द्रलाई पनि लागेको थिएन होला कुनै दिन आजको हविगत हुन्छ भनेर । मानिसले बनाएको पद र पैसा आउँदछन् जान्छन्, तर मानवले पालना गर्ने आफूभित्रको नैतिक जिम्मेवारी इतिहासमा सदाका लागि अमर रहन्छ, त्यो नै महामानव विपी कोइरालाले सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई नैतिक र वैधानिक रहन र प्रदर्शन गर्न सिकाएको समाजवादी मूलमन्त्र यही हो ।
आफ्नो वैधानिक धरातलसमेत गुमाएका नेपाली जनसम्पर्क समिति बेलायतका अवैध अध्यक्षद्वारा नेपाली जनसम्पर्क समिति बेलायतको सक्रिय सदस्यता वितरण, संकलन तथा सिफारिश नेपाली कांग्रेसको परिपत्र बमोझिम गर्न लागिएको भनी भ्रमपूर्ण, कपोलकल्पीत कुरा गर्नु आफैंमा हाँस्यास्पद रहेको स्पष्ट पार्न चाहान्छौं । नेपाली जनसम्पर्क समिति बेलायत नेपाली कांग्रेसको विधानअनुसार सक्रिय सदस्यताको त कुरै छाडौं, साधारण सदस्य समेत बन्न नपाउने र नसक्ने वैधानिक धरातल रहेको व्यक्तिहरु जो विदेशी नागरिक भइसकेका छन्, ले जनसम्पर्क समितिका पदाधिकारी सदस्यहरुलाई सक्रिय सदस्यता फाराम बुझाउने अनुरोध गर्नु आफैंमा नसुहाउँदो पदलोलुपताको उदाहरण हो । हाल हामीहरुले उठाएको विदेशी नागरिकता र नेपाली कांग्रेसको सदस्यतासम्बन्धी प्रावधान अनुसार विदेशी नागरिकले पार्टीमा सदस्य रहन पाउने या नपाउने भन्ने विषयको नेपाली कांग्रेस पार्टी र नेपाली जनसम्पर्क समितिको विधानले वकालत गरेको कुरालाई लिएर वहस तथा जनजागरण अभियान चलाउँदा उल्टै हाम्रा साथीहरुलाई बारम्बार धम्की दिएको भन्ने अतिरन्जित, कपोलकल्पित, दुरासययुक्त आरोप लगाएर कारबाही गर्न अुनशासनको प्रक्रिया अघि बढाएर सिध्याउँछु भन्ने भाव झल्काएर, नेपाली जनसम्पर्क समिति बेलायतको वैधानिक हैसियत गुमाएका अध्यक्षद्वारा निकालिएको वक्तव्यप्रति खेद प्रकट गर्दछौं । स्मरण रहोस्, हरेक तानाशाह निरकुंश र अधिनायकवादहरु सधैं कारबाहीका कुरामा रमाउँछन, वादविवाद, तर्क वितर्क गर्न कहिल्यै मन पराउँदैनन् । कारबाहीलाई नै बहादुरी ठान्दछन् र निजका सल्लाहकारहरुले पनि त्यस्तै सिफारिश गर्नु अनौठो कुरा होइन ।

यस समितिभन्दा अगाडिका सभापति एवं कोषाध्यक्षलाई माइन्युट बुक र निजसँग रहेको रकम उपलब्ध गराउने वातवरण समेत तयार नगरी निजहरुको यस संगठनप्रति रहेको सम्मानित इतिहास, भूमिका र मर्यादालाई नरअन्दाज गर्दै, अपमान गर्दै, व्यक्तिगत चरित्र हत्या गर्दै, संगठनको मर्यादाविपरीत मनगढन्ते झुठो विवरण बनाई ८ हजार ५ सय पाउण्ड नबुझाएको भनेर उल्टो हुँदै नभएको झुठो आरोप लगाइनु आफैंमा आपत्तिजनक छ । अहिले यो समितिका अध्यक्षले वैधानिक हैसियत गुमाएको र निजले नेतृत्व गरेको कार्य समितिले नै वैधानिक धरातल गुमाएको हुँदा हामीेले उठाएको वैधानिकताको विषयले निकास नपाएसम्म सो कागजपत्र र हस्तान्तरण गर्न बाँकी रकम अर्को वैधानिक समिति नबनेसम्म हस्तान्तरण नगर्न हुन हारि्दक अनुरोध गर्दछौं । यदि यही परिस्थितिमा हस्तान्तरण गर्नुपरे पनि नेपाली कांग्रेस पार्टीलाई नै हस्तान्तरण गर्न हुन अनुरोध गर्दछौं ।

वैधानिक हैसियत गुमाएका अध्यक्षको वक्तव्यमा बेलायतभरिबाट नेपाली कांग्रेसका हजारौं हवाला दिइएकोमा यही कार्य समितिको पहिलो, कार्यक्रम विपी स्मृति दिवसमा हामीसमेत कार्यसमितिको दश जना सदस्यसहित जोड्दा जम्मा २२ जना मात्र उपस्थित भएको, स्वर्गीय गिरिजाप्रसाद कोइरालाको तेह्रौं दिनको पुण्यतिथिको श्रद्धाञ्जली कार्यक्रममा सूचनासाथ उपस्थित हुन सबैलाई हारि्दक निमन्त्रण गर्दा समेत कार्य समितिका सात जनाभन्दा बढीको उपस्थिति नहुनु निजहरुले बोलाएको कार्यसमितिको बैठकमा कहिल्यै कोरम नपुग्नुले आफूलाई तथाकथित हजारौं कार्यकर्ताहरुको टेलिफोन आएको भन्ने कुरा आफैंमा हाँस्यास्पद रहेको स्मरण गराउन चाहान्छौं । हामीलाई संसारभरिबाट नेपाली कांग्रेसका हजारौं कार्यकर्ता, शुभचिन्तकहरुले यस समितिको वैधानिक हैसियत गुमाएका अध्यक्षलगायत अरु पदाधिकारी एवं सदस्यहरुलाई संगठनको कुनै पनि तहमा संलग्न नगराउन, उनीहरुलाई सक्रिय सदस्यता नदिलाउन, वैधानिक निकासका लागि अन्त्यसम्म लड्न, उनीहरुको विवरण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पठाउन गरिएको अनुरोधलाई मध्यनजर गर्दै र नेपाली कांग्रेसका कार्यबहाक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री केबी गुरुङ, महामन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य लक्ष्मण घिमिरे, केन्द्रीय सदस्य गोविन्दराज जोशी, विदेश विभाग प्रमुख सुजाता कोइराला, केन्द्रीय सदस्य गोपाल पहाडी, अमृत अर्याल, गुरु घिमिरे, विदेश विभाग सदस्य चउएन लाइ श्रेष्ठसँग भएको टेलिफोन सम्पर्कबाट निर्देशन भएअनुसार विदेशी नागरिकता लिएका व्यक्तिहरुले नेपाली कांग्रेसको सदस्य बन्न नमिल्ने र महाधिवेशनमा प्रतिनिधित्व गर्न नसक्ने अवस्थाको जानकारी गराउँदै विदेशभित्र पनि सोही अनुसार गर्नु भनि दिइएको निर्देशन एवं सुझाव र केही समयअगाडि मुख्य सचिव रामचन्द्र पोखरेलले पत्रमार्फ् दिनुभएको विधानअर्न्तर्गत रही सlmत्रय सदस्यता बाडी तेस्रो अधिवेशन गराउनु भनि दिएको निर्देशनलाई कार्यार्‍वयन गर्न गराउन विदेशी नागरिकता लिएका कार्य समितिका निजहरुलाई यथाशक्य शीध्र राजीनामा दिई वैधानिक निकास दिन अनुरोध गर्दै यदि नगरिएमा निजहरुलाई सक्रिय सदस्यता नदिलाउन एवं रद्द गर्न उनीहरुको विवरण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पठाइने जानकारी गराइन्छ । साथै राजनैतिक कठघरामा उभ्याई, राजनैतिक बहिष्कार गरिनेछ । स्मरण रहोस्, नेपाली कांग्रेसलाई सहयोग गर्न सधैं पदमा बसिरहनु पर्दैन, पद बाहिर रहेर पनि नेपाली कांग्रेसका निष्ठावान सदस्यहरुले केन्द्रीय आव्हान भएअनुसार बाहिर रहेर पनि सहयोग गरिनै रहेका छन् । अन्त्यमा हामीहरुले संचालन गरेको नेपाली जनसम्पर्क समिति बेलायतको सुद्धीकरण तथा सुदृढीकरण अभियानमा नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ता एवं शुभचिन्तकहरुलाई साथ दिन हुन हारि्दक अनुरोध गर्दछौं ।
-विनोद मोक्तान (निःवर्तमान सभापति) लगायत पूर्व कार्यसमितिसँग सम्वन्धित सम्पूर्ण कार्यकर्ताहरु