मोबाइल बोक्ने महिलाको ‘युनिक’ तरिका

मोबाइल बोक्ने महिलाको ‘युनिक’ तरिका


यी महिलाले जसरी मोबाइल सेट बोकेकी छिन्, आफैमा युनिक छ । गृहणी महिलाले मोबाइलको प्रयोग यसरी पनि गर्न सक्छन् भन्ने यो तस्बिरले प्रस्ट पारेको छ । संगीतको धुनमा भान्सामा काम गरिरहेकी यी महिलाले मोबाइलको गज्जबले सदुपयोग गरेकी छिन् ।

स्वास्थ्यको दृष्टिकोणले नाङ्गो पीठ्युँमा मोबाइल बोक्नु कत्तिको हानिकारण छ त्यो आफ्नो ठाउँमा होला, यसले मोबाइल सेटलाई भने काइदासँग सुरक्षित तुल्याएको छ । मोबाइलले आफ्नो काम गरिरहेको छ भने गृहणीले आफ्नो । दुवै एकअर्काका पुरक बनेका छन् । खास्साको यो तरिकाको सिको गर्ने कि ?