भिटामिन पिलले स्वास्थ्यलाई हानी पुर्‍याउने

भिटामिन पिलले स्वास्थ्यलाई हानी पुर्‍याउने


लण्डन । कन्ज्यूमर वाच डग (उपभोक्ता अनुगमन समूह)ले हालै मानिसहरुले आफ्नो स्वास्थ्य सुधारका लागि सेवन गर्दै आइरहेका भिटामिन आपूर्तिका दवाइहरु फिजुलमा पैसा खर्चिएको तथा यसबाट स्वास्थ्यमा प्रतिकुल असर पार्ने कुरा बताउँदै सर्वसाधरणलाई सावधान गरेको छ । व्हीच (व्हीच अनुगमन संस्था हो) संस्थाको सर्वक्षणबाट प्राप्त प्रतिवेदनमा पसलहरुमा लेबल लगाएर राखिएका धेरै उत्पादनहरु भ्रमित पार्ने र पर्याप्त सूचनाहरु नदिएका भेटि्टएका छन् । गत अक्टुबर महिनामा अनुसन्धानकर्ताहरुले लण्डनका ससाना पसलहरुदेखि लिएर सुपर मार्केटहरु तथा क्यामिस्टका पसलहरुमा गएका थिए । यस सर्वेक्षण तथा अनुसन्धानकर्ताहरुको प्रतिवेदनलाई उद्धृत गर्दै चीफ एक्ज्युक्यूटिभ, पिटर भिकारी स्मिथले .. बजारमा बेच्न राखिएका कैयौ उत्पादनहरु उदहारणका लागि हड्डी र गाँठहरुलाई तन्दुरुस्त राख्ने गलत, एकदमै बदमासी, भरण पर्नेखालका, दावीहरु प्रचार गरिएको पाएका छन् … भनेका छन् । त्यस्तै सर्वेक्षणबाट प्राप्त जानकारी मध्ये शक्तिवर्धक उत्पादनमा बी ६ र बेटा क्यारोटोनहरु ब्रि्रीमा राखेका भेटि्टएका छन् जसमा कुनै किसिमको सावधानीहरु उल्लेख छैनन् जसलाई सेवन गरे हानीकारक सिद्ध हुनसक्छ । बेलायत भरिमा व्हीच-ले एकहजार दुईसय त्रिसठी भिटामिन शक्तिवर्धक पदार्थहरु सेवन गर्ने व्यक्तिहरुलाई अनलाइन माध्यमद्वारा सम्पर्क गरेका थिए । भिकारीका अनुसार सेवन गरेका मध्येका तीन भागको एकभागले अधिक मात्रामा शक्तिवर्धक उत्पादनहरु सेवन गरेर केही असर पारेको बारे केही भन्न सकेनन् । उनले युरोपियन कमिसनलाई यस मामिलामा दावी गरेका स्वीकृत तथा अस्वीकृत उत्पादनहरुको सूचि छिटोभन्दा छिटो सार्वजानिक गर्नको लागि आग्रह गरेका छन् । वैज्ञानिक अधारमा पुष्टि तथा स्वीकृत नगरेका यस्ता उत्पादनहरुलाई लिएर आम मानिसहरुलाई स्वास्थ्यसम्बन्धी पैसा ऐंठने काम गरेकाले हामीलाई यस विषयमा सरोकार रहेको कुरा भिकारीले प्रकाश पारेका छन् ।
श्रोत – मेट्रो, सुमल, मेस ।