सृजना ज्ञान सागर तेक्वान्दो डोजाङले चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्सन थापामगरलाई सम्मान गरेको छ ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा डोजाङ प्रमुख फिरोज श्रेष्ठले नेपालमा तेक्वान्दो खेल विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेकाले थापालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
तारकेश्वर नगरपालिकास्थित गोलढुंगा लोलाङ–४ मा रहेको सृजना ज्ञान सागर स्कुलका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयाँलले डोजाङको प्रगति र विकासका लागि सहयोग पु्या-एकाले कदर स्वरुप सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ । एनआरएन मकाउका पूर्वअध्यक्षसमेत रहेका थापामगर तेक्वान्दोका पूर्व खेलाडी हुन् ।
डोजाङ प्रमुख श्रेष्ठले खेलाडीको हौसलाका निम्ति पूर्व खेलाडी दिएको योगदानको कदर स्वरुप सम्मान गरिएको बताए ।
थापाले गत महिना मकाउमा सम्पन्न मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका दुवै तेक्वान्दो टीमका खेलाडीहरुलाई विशेष सहयोग गरेका थिए । थापा उक्त प्रतियोगिताको आयोजकको सदस्यको भूमिका समेत निभाएका थिए । थापा मकाउमा प्रतिष्ठित व्यक्तिको रुपमा परिचित छन ।
प्रतिक्रिया