नेकपा (एमाले)को रामधुनी (सुनसरी) नगरकमिटीमा संगठनात्मक संकट देखिएको छ । नगरकमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
जिल्ला कमिटी सुनसरीलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा पार्टीभित्रको कार्यशैली, निर्णय प्रक्रिया र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै जिम्मेवारीबाट अलग्गिएको उल्लेख गरिएको छ । उनीहरूले पार्टीमा निष्पक्ष मूल्याङ्कन, विधि र पद्धतिभन्दा व्यक्तिगत स्वार्थ तथा गुटगत प्रभाव हाबी भएको आरोप लगाएका छन् ।
राजीनामा दिनेमा नगरअध्यक्ष योगेन्द्र खड्का, उपाध्यक्ष नरेन्द्र पौडेल, सचिव देवराज राम श्रेष्ठ र उपसचिव भगवती खड्का दाहाल रहेका छन् ।
शीर्ष पदाधिकारीहरूको सामूहिक राजीनामापछि रामधुनी नगरकमिटीभित्र राजनीतिक तरंग सिर्जना भएको छ । यस विषयमा जिल्ला तथा प्रदेश नेतृत्वको औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।
प्रतिक्रिया