ललितपुर महानगरपालिकालाई घर बहाल करले समस्या बनाएको छ । गत साउनको अन्तिमदेखि स्थानीय तह र केन्द्र सरकारबीच सुरु भएको घरबहाल करको विवादले ललितपुर महानगरपालिकालाई गम्भीर समस्या बनाएको हो ।
साउन १ देखि १२ प्रतिशत घर बहाल कर उठाउने लक्ष्यसहित १ सय २० करोडको राजश्व लक्ष्य लिएकोमा सो पुरा नहुने भएपछि महानगरपालिकालाई समस्या परेको महनगरपालिका स्रोतले जानकारी दिएको छ ।
महाशाखाका अनुसार अहिलेसम्म महानगरपालिकाले २२ करोड रुपैयाँ मात्रै उठाएको छ । एक वर्षमा १ सय २० करोडको लक्ष्य लिन मासिक १० करोड रुपैयाँ उठाउनु पर्नेमा अहिले ५ महिना पूरा भईसक्दा २२ करोड मात्रै उठेको छ । यसले ललितपुर महानगरको लक्ष्य पूरा नहुने संकेत देखाएको छ ।
प्रतिक्रिया