सरकारी निर्णयको विरोधमा आत्महत्याको प्रयास

सरकारी निर्णयको विरोधमा आत्महत्याको प्रयास


लण्डन । रोमानिया सरकारले लागू गर्दै आएको बजेट कटौतीको विरोधमा एकजना इन्जिनियरले रोमानियाको पार्लियामेन्टको बालकोनीबाट हामफालेको समाचार राज्यद्वारा सञ्चालित टीभीमा हिजो देखाएको छ । ४० वर्षीय अड्रियन सोबारुले बालकोनीबाट हामफाल्दा “तपाइहरुले हाम्रो बच्चाहरुको भविष्य हत्या गरका छौं” भन्ने शब्दहरु लेखेको टी-सर्ट लगाएका थिए ।
७ मिटर (२३ फिट) उँचाइबाट हामफालेका इन्जिनियरलाई ठूलो चोट भने लागेन र उनी अहिले खतरामुक्त छन् । २ बच्चाहरुका पिता, अड्रियनले त्यो जोखिमयुक्त प्रदर्शनी प्रधानमन्त्री, एमिल बोकको अघि प्रदर्शन गरेका थिए । पब्लिक क्षेत्रको बजेटमा २५ प्रतिशत कटौती गरेर सुविधाहरु कटौती गरेकाले प्रधानमन्त्री एमिलविरुद्ध “भोट अफ नो कन्फिडेन्स” बहुमतको साथ नभएको दावी विपक्षले गरेको मागमा चुनावको सामना गरिरहेका थिए । अड्रियनलाई टाउकोमा चोट लागेको हुनाले अस्पताल लानुपरेको थियो र त्यतिबेला हुन गइरहेको चुनाव रोकिएको छ । प्रधानमन्त्री, एमिल बोकले सञ्चार माध्यममार्फत यो एउटा दुःखदायी घटना हो यसबाट उनी निस्तब्ध रहेको बताउँदै सर्वधरणलाई यो कठिन अवस्थामा शान्त रहेर धैर्य धारण गर्नको लागि सबैसँग अपिल गरेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।