नेशनल बैंकिङ इन्ष्टिच्युट लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एन.बी.आई.ले नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएको सो बैंकले जनाएको छ ।
बताइएअनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेशनल बैंकिङ इन्ष्टिच्युटबाट आफ्ना कर्मचारीका लागि ५० लाख बराबर रकमको वार्षिक तालिम सञ्चालन गराउने भएको छ ।
सम्भौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाबीच हस्ताक्षर भएको छ ।
प्रतिक्रिया