पामेलाको बोल्ड विज्ञापनले मच्चायो तहल्का

पामेलाको बोल्ड विज्ञापनले मच्चायो तहल्का


हलिउडकी चर्चित अभिनेत्री पामेला एन्डरसन पुनः चर्चामा आएकी छिन् । यतिबेला उनी अश्लील विज्ञापन खेलेर चर्चामा आएकी हुन् । अभिनेत्री एन्डरसनले एक कम्पनीको विज्ञापनमा थुप्रै पुरुषको अगाडि बिकिनी लगाएर डान्स गरेपछि उनको अहिले आलोचना भएको छ । एन्डरसनको यो हर्कतको सबैभन्दा विरोध महिलाले गरेका छन् । विरोध गरिरहेका ती महिलाले एन्डरसनले महिलाको अपमान गरेको बताएका छन् ।

पामेला प्रायजसो बोल्डनेसका कारण सधैँ चर्चामा रहने अभिनेत्री हुन् । उनी थुप्रै फिल्ममा बोल्ड सिन दिनुका साथै नग्न सिनका कारणले पनि पटकपटक चर्चामा आइरहन्छिन् । अहिले उनी एउटा विज्ञापनमा यस्तै नग्न सिनका कारणले चर्चामा आएकी हुन् । जसलाई महिलाले अश्लीलताको पराकाष्ठाको संज्ञा दिँदै विरोध गरेका छन् ।

बिकिनी लगाएर हजारौँ पुरुषको उपस्थितिमा पामेलाले नग्न डान्स गरेको विज्ञापनको व्यापक विरोध भएपछि अहिले सरकारले यो विज्ञापनमा रोक लगाएको छ । सरकारले यो टीभी विज्ञापनलाई महिलाका लागि अपमानजनक भएको पनि बताएको छ ।

अन्तर्राष्ट्रिय समाचारपत्रका अनुसार यो विज्ञापन ‘वैभहोस्टिङ फर्म ड्रिमस्केप नेटवर्क’का लागि बनाएको थियो । जसमा पुरुषको एक बैठकमा पामेलाले अध्यक्षता गरेको देखाइएको छ । यस्तोमा एक पुरुष सहयोगीसँग पामेलाले बिकिनीमा नृत्य गरेको देखाइएको छ । बिकिनीमा सजिएर नृत्य गरेकी पामेलाका ती तस्बिरहरू निकै बोल्ड छन् । जसलाई आममहिलाले पचाउन सकेका छैनन् ।

त्यस्तै, यो विज्ञापनबारे ड्रिमस्केपले आफ्नो सफाइ पेस गरेको छ । उसले आफ्नो सफाइको क्रममा पामेला र उसको सहयोगीका लागि ‘आकर्षक, जीवन्त र विश्वासद्वारा लबरेज कारोबारी’ भएको जानकारी गराएको छ । त्यस्तै, यो विज्ञापनले महिला कामदारको मर्यादालाई दर्शाएको विज्ञापन एजेन्सीले बताएको छ ।