गजल- बिष्णुनन्द चाम्लिङ

गजल- बिष्णुनन्द चाम्लिङ


सोधेँ प्रश्न सभासदलाई महाकालीको खबर ।
सुनाउँन थाल्यो उसले कान्छी सालीको खबर ।

घुसतन्त्रले देशको रङ, उजाडियो नी भनेँ,
सुनाउन थाल्यो उसले दल्ने लालीको खबर।

बगाएछन् बाटोघाटो पुलपुलेसा त भनेँ,
सुनाउन थाल्यो उसले भाषण तालीको खबर ।

दिन दुःखीका भाँडाकुँडा घैला फुटे’रे भनेँ,
सुनाउन थाल्यो उसले सुनाँथालीको खबर ।

नयाँ नेपाल बनाउँने पूर्वाधार के हो सोधेँ,
सुनाउन थाल्यो उसले हर्के मालीको खबर ।

इन्द्रेणी पोखरी ३ खोटाङ
हाल – हङ्गकङ्ग
८५२-६३४०७०१४
http://bnchamling.blogspot.com/