इन्डो–नेपाल कराते च्याम्पियनसिपमा सहभागी हुन २० खेलाडीसहित ३१ सदस्यीय नेपाल क्योकुसिन कराते डो संघको टोली भारतको कोलकाता जाने भएको छ ।
डिसेम्बर २३ देखि २५ तारिखसम्म आयोजना हुने प्रतियोगितामा सञ्जय राई, विकेश महर्जन, महेश भुजेल, दीपा शाही, सीता राई, सरोज तामाङ, ओमराज लामा, जुनकिरी श्रेष्ठ, विनोद पराजुली, हरिशकुमार धामी, लक्ष्मी मल्ल ठकुरी, मनोहर चौहान मगर, सन्तोष साउद, नितेश मानन्धर, सोमबहादुर बाह्रघरे, विशाल विक, गोपीराम स्याङतान, रमेश सिन्जाली, झलकुमारी महतो र सुजाता राईले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
टिमको मुख्य प्रशिक्षकमा कृष्ण सुवेदी र सहायक प्रशिक्षकमा दिल दोर्जे लामा तथा अफिसियलमा रामजीप्रसाद वज्राचार्य, विकास महर्जन, करुणानिधि त्रिपाठी, राम व्यञ्जन्कार, सुरज थापा, गुञ्जबहादुर राई, मनोज थपलिया र हितेश भारती रहेका छन ।
क्योकुसिन कराते वज्र, कोलकाताको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रमुख अतिथिका रुपमा सहभागी हुन नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष सिहान जगतप्रसाद गौचन पनि कोलकाता जाने छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।
प्रतिक्रिया