ब्राजिलियन फुटबलर ‘काका’ ले लिए सन्यास

ब्राजिलियन फुटबलर ‘काका’ ले लिए सन्यास


ब्राजीलियन फुटबलर काकाले फुटबल खेलवाट सन्यासको घोषणा गरेका छन् । ३५ बर्षीय काकाले सामाजिक संजालवाट आफुले सक्रिय फुटबलवाट सन्यास लिएको घोषणा गरेका हुन् ।

काकाले आफ्नो अन्तिम खेल अक्टोवर २०१७ मा ओरल्याण्ड सिटीको लागि कोलम्बस क्रुको विरुद्ध खेलेका थिए ।

सन २००२ मा बाज्रीलले फीफा विश्वकप फुटबलको उपाधि जित्दा काका ब्राजीलियन टीमका प्रमुख सदस्य थिए । काकाले ब्राजीलको राष्ट्रिय टीमवाट ९२ वटा खेल्नुको साथै २९ गोल गरेका छन ।

काकाले २००१ मा साओ पाउलोवाट आफ्नो फुटबल करियर शुभारम्भ गरेका थिए । २००३ मा इटालीको एसी मिलानवाट खेल्न थालेपछि काकाको फुटबल करियरले नौंलो उचाईमा पुगेको थियो । काकाले २००७ मा फीफाको सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका थिए ।

काकाले एसी मिलानवाट ६ बर्ष खेलेका थिए । यो अवधिमा उनले उत्कृष्ट खेलको प्रदर्शन गर्दै मिलानलाई महत्वपूर्ण उपाधि जिताउन बिशेष योगदान दिएका थिए ।

यसपछि २००९ मा मिलान छोडेर स्पेनको रियल म्याड्रिड लागेका थिए । काकालाई आफ्नो क्लबमा भित्र्याउन त्यसवेला रियलले ६.७ करोड युरो खर्च गरेको थियो । रियलमा रहँदा काकाले आफ्नो क्लबलाई स्पेनिस लिग जिताउनुको साथै अन्य महत्वपूर्ण उपाधि जिताउन सफल भएका थिए ।