ध्रुव दत्त तुलसी घिमिरेको चलचित्रमा

ध्रुव दत्त तुलसी घिमिरेको चलचित्रमा


लण्डन । तुलसी घिमिरेको निर्देशक चलचित्र ‘मृगतृष्णा’मा पहिलो पटक नायक ध्रुव दत्त अभिनय गरेका छन् । साई गायत्री फिल्मसको ब्यानरमा दोस्रो पटक निर्माण हुन लागेको यस चलचित्रमा विराज भट्ट, ध्रुव दत्त, कर्म, र नन्दिता के.सी. प्रमुख भूमिका रहेको सो चलचित्रमा निर्माता कमल दाहाल, गायत्री भुटिया र हेमन्त बुढाथोकीको छ, संगीत शम्भुजीत बास्कोटाको रहने छ । बेरोजगार युवाहरूको कथालाई चलचित्रमा समावेश गरिएको छ। यस चलचित्र पूर्णत युवा बर्गलाई धयानमा राखी निर्माण गरिन लागेको हो ।
लण्डनमा बसोबास गर्दै आएका मोडल तथा नायक ध्रुव दत्तले थुप्रै म्युजिक भीडीयो र नेपाली चलचित्रहरुमा अभिनय गरे पनि भर्खरै मात्र आफूलाई पूर्णरुपमा कलाकार भएको अनुभूति भएको बताए । करीब एक महिनाको नेपाल बसाइपछि बुधबार कर्मथलो लण्डन आएका ध्रुवले आफ्नो सर्वप्रिय निर्देशक तुलसी घिमिरेको नयाँ चलचित्र मृगतृष्णामा महत्वपूर्ण भूमिकामा अभिनय गर्न पाउँदा निकै खुसी भएको बताए । चलचित्र ‘द प्लान’, ‘विष’, र ‘वीरताको चिनो’ मा अभिनय गरिसकेका ध्रुवले चलचित्र ‘मृगतृष्णा’ मा काम गर्दा निकै रमायलो अनुभव भएको र निर्देशक घिमिरेसँग धेरै कुरा सिक्न पाएकोमा खुशी व्यक्त गरे । साँच्चीकै आज म तुलसी दाइको चलचित्रमा अभिनय गर्न पाउँदा सन्तुष्ट भएको छु ।
नायक ध्रुब लण्डन लाग्नुअघि गत साता निर्देशक मिलन चाम्सको निर्देशनमा दुर्गा घलेको रचनामा गायक स्वरुपराज आचार्यले गाएको ‘प्रिय तिम्रो’ बोलको गीतको म्युजिक भीडीयोमा अभिनयसमेत गर्न भ्याए । सो म्युजिक भीडीयोमा ध्रुब नायिका दिया मास्केसँग अभिनय गरेका छन् ।