नेपाली सेनाले थप २ वटा हेलिकप्टर खरिद गर्ने तयारी थालेको छ । सेनाले एमआई–१७ भी–५ का २ हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको हो ।
यसअघि अर्थ मन्त्रालयले एउटा हेलिकप्टर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरिसकेको छ । रुसको कजान हेलिकोप्टरले उत्पादन गर्ने एमआई–१७ भी–५ हेलिकोप्ट खरिद गर्न सेनाले रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको बताइएको छ ।
मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएपछि रुसको सरकारी स्वामित्वको रोसोबोरोनेक्सपोर्टसँग दुईवटा एमआई–१७ भी–५ हेलिकोप्टर खरिद सम्झौता हुने बुझिएको छ ।
प्रतिक्रिया