अझै पनि २८ दशमलव ५ प्रतिशत नेपाली जनता गरिब

अझै पनि २८ दशमलव ५ प्रतिशत नेपाली जनता गरिब


अझै पनि ७३ लाख ६५ हजार अर्थात २८ दशमलव ५ प्रतिशत नेपाली जनता गरिब रहेको एक तथ्यांक सार्वजनिक भएको छ ।

अक्सफोर्ड विश्व विद्यालय र राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले नेपालका २८.५ प्रतिशत जनता गरिब रहेको यथार्थता बाहिर ल्याएको हो जहाँ योजना आयोगकै अध्ययनहरुले २१ दशमलव ६ प्रतिशत मात्रै नेपाली गरिबीको निरपेक्ष रेखमुनी रहेको देखाएको थियो ।

गरिबीको बहुआयमिक सुचकाङकका आधारमा तयार पारिएको प्रतिवेदनले प्रदेश ६ र २ का आधा जनसंख्या गरिबीको चपेटामा परेको देखाएको छ । ६ नम्बर प्रदेशका ५१ दशमलव २२ प्रतिशत नागरिक गरिब रहेका अध्ययनले देखाएको छ । त्यस्तै २ नम्बर प्रदेशका ४७ दशमलव ८९ प्रतिशत नागरिक गरिब रहेको देखाएको छ ।

प्रतिवेदनमा ७ नम्बर प्रदेश ३३ दशमलव ५६ प्रतिशत नागरिक गरिब रहँदा प्रदेश नम्बर ५ मा २९ दशमलव ९२ र १ नम्बर प्रदेशमा १९दशमलव ६७ प्रतिशत नागरिक गरिब देखिन्छन् ।

यस्तै, प्रदेश ४ मा १४ दशमलव १९ प्रतिशत नागरिक गरिब रहेका छन् भने प्रदेश नम्बर ३ मा जम्मा १२दशमलव २४ प्रतिशत मात्रै गरिब रहेका छन् ।