प्रदेशसभाको समानुपातिक सिट बाँडफाँडको तयारीमा आयोग

प्रदेशसभाको समानुपातिक सिट बाँडफाँडको तयारीमा आयोग


प्रदेशसभाको समानुपातिक सिट बाँडफाँड गर्ने तयारीमा निर्बाचन आयोग जुटेको छ । पुस २ गते नै प्रदेशसभाको समानुपातिकतर्फको गणना सम्पन्न गरिसकेको आयोग यतिबेला सिट बाँडफाँटको तयारीमा लागेको हो ।

आयोगका अनुसार प्रदेशसभाको कूल ५५० सिटमध्ये २२० समानुपातिक प्रणालीमार्फत छनोट गर्ने व्यवस्थाअनुसार मतदान भएको थियो । प्रत्यक्षतर्फको ३३० स्थानको परिणाम भने आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

मत परिणामको पुनः परीक्षण आयोगमा रहेको समानुपातिक निर्वाचन एकाइको कार्यालयले गरिरहेको आयोगले जनाएको छ । एकाइ कार्यालयले अन्तिम परीक्षणको प्रतिवेदन बुझाएपछि घोषणा गर्ने निर्बाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने तयारी गरेको छ । प्रतिनिधिसभातर्फको सिट टुंगो लगाउन भने अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।