सैनिक आवसिय महाविद्यालयले दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नक्सालस्थित आयोजक बृहस्पति विद्यासदनको मैदानमा भएको फाइनलमा सैनिकले डिएभीलाई ४ विकेटले पराजित गरेको हो ।
टस जितेरले पहिले व्याटिङ रोजेको डिएभीले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा सबै ९ विकेट गुमाउदै ६९ रन जोडेको थियो । डिएभीका आशिष शाहले १८ र इनाप महर्जनले ११ रन जोडे थिए ।
बलिङतर्फ सैनिकका कृष कार्कीले ६, क्षितिज शाहीले २ र श्रृजन गुरुङले १ विकेट लिएका थिए । कृष फाइनल खेलको ‘म्यान अफ द म्याच’ समेत बने । किफायती बलिङ गरेका कृषले ३ ओभर ५ बलमा १ मेडन राख्दै ६ रन दिएर ६ विकेट लिएका थिए ।
जवाफमा सैनिकले १७ ओभर ५ बलमा ५ विकेट क्षतिमा ७२ रन जोड्दै उपाधिमाथि कब्जा जमाएको थियो । सैनिका लागि कप्तान स्नोज केसीले २५ र जयफ मल्लले १९ रन योगदान गरेका थिए । डिएभीका सौरभ श्रेष्ठले ३ तथा आशिष शाहले २ विकेट हात पारे ।
डिएभीका रोनक गोयल ‘म्यान अफ द सिरिज’ चुनिए । सैनिका श्रृजन गुरुङ बलिङ तथा सेन्ट जेभियर्सका आदित सुवेदी व्याटिङमा उत्कृष्ट खेलाडी चुनिएका थिए ।
विजेतालाई बृहस्पतिका निर्देशकद्वय अभिनव सिंघानिया र प्रवीणराज जोशी, प्रिन्सिपल सुमन थिङ लामालगायतले पुरस्कृत गरेका थिए । पुस २ गतेदेखि सुरु प्रतियोगितामा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया