मल्पी कप फुटबल विजेतालाई १ लाखमल्पी कप फुटबल विजेतालाई १ लाखमल्पी इन्स्टिच्यूटको आयोजनामा हुने प्रथम मल्पी कप अन्तरकलेज छात्र फुटबल प्रतियोगिता पुष ७ गते शुक्रबार देखि सुरु हुने भएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन । पुस २४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लगनखेलस्थित आर्मी शारीरिक तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुनेछन ।
प्रतिक्रिया