भ्याटमा वृद्धि : वेमौसमको टयाक्स

भ्याटमा वृद्धि : वेमौसमको टयाक्स


लण्डन । आजैको दिनदेखि यूकेमा भ्याटको दरमा २० प्रतिशतसम्मले वृद्धि भएको छ । साधारणतया, एक परिवारको औसत हप्ताको खर्चमा ७.५० पाउण्डका दरले वृद्धि हुने, जसको वार्षिक लागत ३९० लाग्ने भएको बताइएको छ । खखासगरी गीरव परिवारलाई दैनिक जीवन बिताउनका लागि पर्दै गएको मुश्किलमाथि ज्यादा मुश्किल थपिने यो गलत मौसमको ट्याक्स(लेबर नेता मिलिब्याण्डका अनुसार) भनिएको भए तापनि च्यान्सेलर जोर्ज ओस्वोर्नले भने आर्थिक मन्दीलाई हल गर्नको लागि सरकारले प्रयोग गर्ने सबैभन्दा सटिक उपाय नै भ्याटको दरमा वृद्धि गर्ने हो । पूर्व लेबर सरकारले छाडेको रिनको थुप्रोलाई पन्छाउनका लागि मिलिजुली सरकारले यो कदम उठाएको हो..उनले अगाडि भनेका छन् ।
हुन त पूर्व लेबर सरकारले पनि भ्याटको दरमा वृद्धि गर्ने योजना बनाएका थिए, यदि तिनले जितेका भए तिनले पनि यतिखेरै भ्याट वृद्धि गर्दथे भन्ने सरकार पक्षको भनाइमा न्युट्रल बस्नेहरुले सहमत जनाएका छन् ।
भ्याटमा भएको २० प्रतिशत सम्मको वृद्धिले वार्षिक रुपमा १३ बिलियन पाउण्ड, राष्ट्रिय कोषमा जम्मा गर्न सक्ने विज्ञहरु बताउँदछन् । यो भ्याटको सबैभन्दा चोट भनेको पवहरुमा पर्ने भएको छ, जसको माध्यमबाट क्लबरहरुले प्रति पिन्ट वियर ४ पाउण्ड पर्ने भएको छ । फर्निचर, इलेक्ट्रोनिक्सलगायतका वस्तुहरुमा गएको मध्यरातबाट १७.५ देखि २० प्रतिशतका दरले बृद्धि हुनेदेखि क्रेताहरु हाइस्ट्रिटका ठूल्ठूला दोकानहरुमा झुम्मिएका थिए । आजबाट ती दोकानहरुमा त्यो मात्राका ग्राहकहरु नभित्रिने पक्का भएको लाग्दछ ।
-देब, मेस, श्रोतः मेट्रो, गार्डियन