अस्ट्रियामा नाजीकालीन चिहान र मानव अवशेषहरु

अस्ट्रियामा नाजीकालीन चिहान र मानव अवशेषहरु


लण्डन । पश्चिम अस्ट्रियाको एउटा मानसिक अस्पतालमा नाजीकालीन् २२०जनाको मानव अवशेषहरु रहेको सामूहिक चिहान हालै फेला पारेको छ । निर्माण योजनाअन्तर्गत टायरोन प्रान्तको हाल भन्ने ठाउँको अस्पतालको प्राङ्गण खन्ने क्रममा ती मानव अवशेषहरु प्fmेला पारेको थियो । तत्काल भवण निर्माणको कार्य यस विषयमा जाँचबुझ नगरुन्जेल स्थगित गरेको छ । नाजीहरुले अपाङ्ग तथा मर्न लागेका व्यक्तिहरुलाई युथानासिया (मान्छेलाई नतपड्पाई मार्ने) योजनाअन्तर्गत मारेर गाडेका हुनसक्ने आशंका गरेका छन् । नाजीहरुले दशौं हजार शारीरिक अपाङ्ग तथा मानसिक हिसाबमा अपाङ्ग भएका व्यक्तिहरु, जो उनीहरुका अनुसार बाँच्न लायक थिएनन्, लाई मारेका थिए । अस्ट्रियाको लिन्जनजिकै स्क्लोज हारथेइमको मानसिक अस्पतालमा मात्र ३० हजार जति मानिसहरु नाजीहरुले मारेका थिए । अहिले अस्पतालको निर्माणमा जिम्मेवार टाइलक कम्पनीले खनेर अवशेष प्राप्त चिहानहरुमा सन् १९४२-१९४५को बीचमा मारेका मानिसहरु गाडेका हुन् भनेर प्रकाश पारेको छ । कम्पनीको प्रवक्ताअनुसार सम्पूर्ण मृतकहरुमा केही अंश नाजीहरुको युथानासिया योजनाको शिकार भएको सन्देह गरेका छन् । ५०० वटा शैया भएको मानसिक अस्पताल हाल सञ्चालनमा आइरहेको थियो । श्रोत – बीबीसी, सुमल, मेस ।