वाम गठबन्धनका नेतालाई मोदीको बधाई

वाम गठबन्धनका नेतालाई मोदीको बधाई


छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बधाई दिनुभएको छ । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुका साथै वाम–गठबन्धनलाई प्राप्त सफलताका निम्ति उहाँलाई बधाई दिइएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री मोदीले प्रचण्डलाई आज अपरान्ह टेलिफोन गरी बधाई तथा शुभकामना दिनुभएको हो।

मोदीले बाम गठबन्धनको कार्य–सफलताको कामना गर्नुभएको सम्बद्ध सूत्रको भनाई छ । यसअघि मोदीले प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएपछि पनि टेलिफोन गरी प्रचण्डलाई समवेदना दिनुभएको थियो ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री मोदीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै टेलिफोन गरी बधाई दिनुभएको छ । दुवै नेतालाई बधाई दिनका लागि मोदीले टेलिफोन गर्नुभएको भए पनि प्रचण्डसँगको वार्तालाप विशेष भएको बुझिएको छ ।