विश्वकपका ठूला हस्तीहरु पराजीत

विश्वकपका ठूला हस्तीहरु पराजीत


लण्डन । योपालिको विश्व कपमा फुटबलका महारथीहरु एकपछि अर्को गर्दै पराजीत भएर दोस्रो राउण्डबाटै स्वदेश फर्केका छन् । लगभग सँधैजस्तो फाइनलमा देख्ने गरेको ब्राजिल नेदर्याण्डसँग नराम्ररी पराजीत हुनुपरेको जस्तै अर्जेन्टिना जर्मनीसँग त्योभन्दा नराम्रोसँग हारेर घर फर्केको छ । इङ्ग्ल्याण्डले सजिलैसँग हराउने मानिएको जर्मनीले इङ्ग्ल्याण्डलगायत यसपालिको विश्व कपको प्रमुख दावेदार मानिएको अर्जेन्टिनालाई नपत्याउँदोसँग चार गोलले हराएर प्रमुख राष्ट्रको रुपमा आफूलाई उभ्याएको छ भने पोर्चुगललाई हराएर अगाडि आएको स्पेनले दक्षिण कोरियालाई हराएर आएको उरुग्वेलाई जितेको छ ।
यसपालि एसियाका खेलाडीहरुका हौसलालाई हेर्दा केही गर्ने आशा गरिएको भए तापनि पाराग्वेले एसियाको अन्तिम तुरुप जापानलाई हराइदिएको छ ।
खेलाडीबाट कोच बनेका म्याराडोना र डुङ्गाको क्योरियर नराम्रोसँग चौपट भएको छ, यी दुर्इ कोचहरुका विवादास्पद निर्णयहरुउपर तिनका देशमा धेरै नै वेखुश थिए भने अहिले तिनका त्यही वेखुशीको आगोमा पराजयको घिउ थपिएको छ र त्यसको परिणामहरु तिनले भोग्न बाँकी रहेको छ । -मेस