आगामी आर्थिक वर्षका निम्ति नयाँ सरकारले ल्याउने बजेटको आकार निकै ठूलो हुने देखिएको छ ।
संघीय नेपालको पहिलो अर्थात् आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेट झण्डै हालको भन्दा झन्डै २ खर्ब ९१ अर्ब बढीको रहने र जो झन्डै १६ खर्ब रुपैयाँ बराबरको हुने बताइएको छ ।
अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले आगामी बजेट करिब १५ खर्ब ७० अर्ब रुपैयाँको ल्याउने तयारी भइरहेको बताएका छन् ।
उनका अनुसार साढे ९ अर्ब रुपैयाँ राजश्वबाट, वैदेशिक अनुदानबाट १ खर्ब, वैदेशिक ऋणबाट ३ खर्ब, चालु आर्थिक वर्षको बचतबाट २० अर्ब र अन्य आन्तरिक ऋणलगायतबाट बजेट जुटाउने तयारी छ । गएको आर्थिक बर्षको बजेट १२ खर्ब ७९ अर्बको थियो ।
अर्थसचिव अधिकारीले देश संघीयतामा जाँदा विभिन्न वित्तीय चुनौती भए पनि कार्यान्वयन सम्भव रहेको बताए । संघियताको वित्तीय कार्यान्वयनसँग डराउनु नपर्ने उनको तर्क छ ।
अहिले नेपालमा खर्च गर्ने निकाय ३ हजार पाँच सयजति रहेको बताइन्छ तर, संघको कार्यान्वयनपछि यस्ता निकायको संख्या २ हजारमा झर्ने अधिकारीहरु बताउछन् ।
यता, कर्मचारी प्रशासनले भने सक्षम राजनीतिक नेतृत्व आए ३० प्रतिशतभन्दा बढी राजश्व वृद्धि गर्न सकिने अपेक्षा लिएको छ ।
प्रतिक्रिया