फाइनलमा पशुपति र पिएफए अत्तरिया भिड्ने

फाइनलमा पशुपति र पिएफए अत्तरिया भिड्ने


ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कपको उपाधिका लागि आयोजक फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरिया भिड्ने भएका छन् । सेमिफाइनलमा दुवै क्लबले आफ्ना प्रतिद्वन्द्वीलाई पन्छाएर उपाधिको भिडन्तको लागि तयार भएका हुन् ।

धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनलमा खेलमा पशुपतिले न्यु बुद्ध युवा क्लब फुलबारीलाई ८–१ को फराकिलो अन्तरले पराजित गरेको हो । सो खेलमा विदेशी खेलाडी सेगुनको दोहोर ह्याट्रिक गरेका थिए ।

फराकिलो जितसँंगै आयोजक फारवेष्ट पशुपतिले फाइनलमा पिएफए अत्तरीयासँगको भेट पक्का गरेको हो । पिएफए अत्तरीया यसअघि नै सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई १–० ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।

उपाधिका लागि पुष ९ गते शनिबार धनगढी रंगशालामा पिएफए अत्तरीया र आयोजक फारवेष्ट पशुपति युवा क्लव विच प्रतिस्पर्धा हुने आयोजक फारवेष्ट पशुपति युवा क्लबका सचिव ललीत मिश्रले जानकारी दिए