विश्वको सबैभन्दा तेज गतिको कार

विश्वको सबैभन्दा तेज गतिको कार


लण्डन । नयाँ बगाट्टीको भेरोन कारले औसत २६८ माइल प्रतिघण्टाको गति रेकर्ड कायम गरेकोले विश्वको उत्पादित कारहरुमा सबैभन्दा तेज गतिमा गुड्ने कारको खिताब हासिल गरेको छ । बगाट्टी कार निर्माण गर्ने इन्जियार टिमले अपेक्षा गरेभन्दा धेरै राम्रो प्रदर्शन गरेकोले यस स्पोर्टस्कारको प्रभाव ठूलो रहेको तथ्य प्रकाशमा आएको छ ।
सन् २००७ सालसम्म विश्व रेकर्ड कायम गरेको पुरानो भेरोन कारको अधिकतम् गति २५३ माइल प्रति घण्टा थियो । पुरानो भेरोनकारमा आठ लिटर र १६ सिलिण्डरको इन्जिन छ । अहिलेको नयाँ बगाट्टी भेरोनकारमा चारवटा टर्बो चार्जरलाई मोडेर ठूला इन्टरकुलरहरु थपिएको छ । नयाँ परिमार्जनले बगाट्टी भेरोनको शक्ति क्षमतामा १००१ बीएचपीबाट १२००बीएचपीसम्म बढेको छ । नयाँ बगाट्टी भेरोनको आकारमा पनि परिवर्तन गरेर कार्बन फाइबरसेलबाट बनाइएको छ जसले गर्दा यसको वजन पनि हल्का हुन गएको छ । बगाट्टीको नयाँ भेरोन बनाउने प्रमुख इन्जिनियारले कारको गति २६४ माइल प्रतिघण्टासम्म लाने सोंच राखेका थिए, तर, कार अनुमान गरेभन्दा राम्रो भयो भनेर उद्धृत गरेका छन् । बीबीसीको जेरेमी क्लार्कद्वारा संचालित लोकप्रिय कार्यक्रम टप गियर कार्यक्रममा पनि भेरोनको परिक्षणका लागि राखिएको थियो, तर, यस परिक्षणमा दशौ स्थानमा आएको थियो । यो सुपर स्पोर्ट कारको उत्पादन फ्रान्सको मोलसेइमा यही शरद् ऋतुबाट धमाधम उत्पादन हुँदैछ भन्ने कुरा प्रकाशमा आएको छ । बगाट्टीले अहिलेसम्म २६०वटा भेरोन कार र ३५वटा ग्राण्ड स्पोर्टस् कार बिक्री गरेको छ । श्रोत नेट, सुमल, मेस ।