लमजुङस्थित ऐतिहासिक पर्यटकीयस्थल बराहपोखरी प्रवेशद्धारमा चौतारोको निर्माण गरीएको छ । लमजुड उद्योग बाणिज्य संघको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत चौतारोको निर्माण गरिएको हो ।
लमजुड उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले चौतारको उद्घाटन गर्दै थापाले गाउँमा चौतारा निर्माण भएसँगै अब गाउँको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए । थापाले जिल्लाको पर्यटन प्रबद्र्धनको विकासका लागि, धार्मिक महत्वका स्थलको प्रचारप्रसारका लागि पनि चौतारा निर्माण गरीएको बताए । उनले पछिल्लो समय चौतारो लोप हुदै गएकाले एक गाउँ एक उत्पादन कार्यक्रम अन्र्तगत देउजनथोकमा चौतारा निर्माण गरीएको उल्लेख गरे ।
चौतारा निर्माणका लागि लमजुड उद्योग वाणिज्य संघको एक गाउँ एक उत्पादन कार्यक्रमबाट १ लाख ५० हजार र स्थानियको १ लाख ५० हजार लागतमा चौतारा निर्माण गरीएको चौतारा निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिजङ गुरुङले बताए ।
कुल तीनलाखको लागतमा ट्रष्टसहितको चौतारो निर्माण गरीएको हो । चौतारोसम्म पुग्न सिंढी राखिएको छ भने जस्ताको छानो समेत हालिएको छ । चौतारा निर्माण समितीका अध्यक्ष गुरुङले उद्योग वाणिज्य संघसँगै स्थानियको पहलमा निर्माण गरीएको चौताराले अब गाउँमा होमस्टे संचालन गर्न सहज हुने बताए ।
कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारी, लमजुङ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष गुणराज सिलवाल, तृतीय उपाध्यक्ष, अशोक अधिकारी, कार्यसमिती सदस्य धनुदेबी पिया, पार्वती श्रेष्ठ, रबिन विश्वकर्मा, बेशीसहर नगरपालिका १० का वडाध्यक्ष अर्जुनबहादुर थापा र सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन लमजुङ उद्योग वाणिज्य संघको एक गाउँ एक उत्पादन कार्यक्रमका सदस्य सचिव श्याम रावलले गरेका थिए ।
प्रतिक्रिया