अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजको सेमिफाईनल समिकरण पुरा

अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजको सेमिफाईनल समिकरण पुरा


योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय सिरिजको सेमिफाईनल समिकरण पुरा भएको छ । नेपाली खेलाडीहरु दिपेश धामी र शोभा गौचनको जोडी मिक्स डबल्स तर्फ सेमिफाईन यात्रा तय गर्न सफल भएका छन् । धामी र गौचनको जोडीले माल्दिभ्सका एच जयन साहिद र एफ अब्दुल रजाकको जोडीलाई २१¬ – १५ र २१ – १० ले पराजित गरेका थिए ।

यस अघि धामी पुरुष एकल तर्फ क्वाटरफाईनलमा पराजित भएका थिए । उनी राहुल भारद्वाज संग २१–१४, २१–११ ले पराजित भएका थिए । त्यस्तै तामाङ्ग दिदि भाईको जोडीले पनि सेमिफाईनलमा स्थान बनाएका छन् । तामाङ्ग जोडीले भारतका खेलाडीहरु तुशार शर्मा र सरुनी शर्माको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।