नेपालका मोहम्मद उमर खान र उज्ज्वल श्रेष्ठले भारतको कोलकातामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । च्याम्पियनसिपको जुनियर फाइटमा खानले ४५ केजीमा र उज्ज्वलले ७८ केजीमा स्वर्ण जितेका हुन् । उज्ज्वल जुनियरकै कलर बेल्टको पुम्सेमा स्वर्ण जितेका थिए ।
च्याम्पियनसिपमा नेपालले फाइटतर्पm ११ स्वर्ण, ५ रजत र १० कांस्य तथा पुम्सेमा ३ स्वर्ण, ४ रजत र १७ कांस्य पदक जित्ने सफल भएको प्रशिक्षक धनबहादुर दराईले जानकारी दिएका छन । नेपाली टिमका प्रमुख प्रशिक्षक रोशन खान प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक घोषित भए ।नेपाली टिमको प्रशिक्षणमा प्रकाशमान राजभण्डारी, सुनील सिंह ठकुरी, जयदेव पौडेल र अफताब आलम थिए ।
कोलकाताको खुदिराम अनुशीलन केन्द्रमा भएको प्रतियोगिताको महिलातर्पm फाइटमा स्नेहा परियार, नमुना श्रेष्ठ, सुजना तामाङ, रेखमाया गुरुङ, राखी शर्मा र पुम्सेमा रेखमाया गुरुङ र फुलमाया कुमालले स्वर्ण जितेका थिए । त्यस्तै पुरुषको फाइटमा सुजन गुरुङ, जय सुबेदी, जजबुज राई र कृष्णबहादुर तामाङले स्वर्ण जिते । पुरुषको फाइटमै अब्बास खान, आषिश गुरुङ ,प्रमिस गुरुङ र सोजीत थापा तथा पुम्सेमा धनबहादुर दराइ (सिनियर), कृष्णबहादुर तामाङ, शीतल प्रजा र मोहम्मद कलिम उल्लाह मिँयाले रजत पदक जितेका थिए ।
प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया बंगलादेश, इन्डोनेसिया र जापानलगायत ११ राष्ट्रका कुल ९ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट कुल ५८ खेलाडीले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया