प्रहरी र विद्यार्थीलाई साइबर सेक्युरिटी तालिम

प्रहरी र विद्यार्थीलाई साइबर सेक्युरिटी तालिम


बुटवलमा साइबर सेक्युरिटीसम्बन्धी एकदिवसीय कार्यक्रम सम्पन्न भएको छ । रोट¥याक क्लब अफ तिलोत्तमा रुपन्देहीले सामाजिक सञ्जालको प्रयोग र यसले निम्त्याएको साइबर अपराधका विषयमा जानकारी गराउने उद्देश्यले बुटवलमा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम गरेको हो ।

क्लबका अध्यक्ष विक्रम क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक पवनकुमार भट्टराईले पछिल्लो समय विभिन्न समाजिक सञ्जालमार्फत साइबर क्राईमका घट्नाहरु बढ्दै गएको भन्दै त्यसबारे आफै सचेत हुनुपर्ने बताए । उनले साइबर क्राईम कम गर्नका लागि साइबर सेक्यूरिटी नै पहिलो प्राथमिकताको विषय हने उल्लेख गरे । सामाजिक संजालको प्रयोग गर्दा धेरै ध्यान दिनुपर्छ, कुन र कति बेला फस्न सकिन्छ भन्ने थाहा नै हुँदैन ।

यो अपराधको सिकार हुनुपहिले आफै नै सचेत हुनुपर्छ र जोगिनु नै साइबर क्राईममा नफस्नु हो । इन्टरनेट ह्याकर र साइबर क्राईम गर्नेलाई समात्न गाह्रो हुने भएकाले त्यस्ता कुनै गतिविधिबारे शङ्का लागेमा प्रहरीलाई तत्काल खबर गर्न उनले सुझाव दिए ।

यस्तै कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द जिसीले साइवर सेक्यूरिटी मजबुत हुन नसक्दा साइबर क्राईमका घटनामा वृद्धि भएको उल्लेख गर्दै साईवर क्राईमका कारण हुने विभिन्न अपराधिक घटनालाई कम गर्न प्रहरी प्रशासनको सक्रियता बढी हुनुपर्ने बताए ।

साइबर सेक्यूरिटी मजबुत नहुँदा साइबर क्राईम बढ्दो देखिएकाले त्यसतर्फ इन्टरनेट प्रयोगकर्ताहरु सचेत हुनुपर्ने अध्यक्ष जिसिले बताए ।

कार्यक्रममा इगल आई इन्टरनेशनल आईटी सलुशनका आईटी अफिसर माधव ढुंगाना, नरेश लामगादे, सन्तोष भण्डारी, निर्मल दहाल, सचिन ढकुरी, आदित्य थपलिया, आवर्तन ढकाल लगायतले साईवर सेक्युरिटी र साईवर क्राईमसम्बन्धी प्रशिक्षण दिएका थिए ।

ईगल आई इन्टरनेशनल आईटी सलुसनको सहकार्यमा भएको कार्यक्रममा रुपन्देहीमा रहेका आईटीसम्बन्धी कलेजमा अध्ययनरत विद्यार्थी, प्रहरी अधिकारीहरु लगायत झण्डै २ सय जनाको सहभागिता रहेको थियो ।

– चन्द्रकान्त खनाल