सीमा सुरक्षार्थ संयुक्त गस्ती

सीमा सुरक्षार्थ संयुक्त गस्ती


सीमा क्षेत्रमा हुने गरेको अपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन् । नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।

नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन् । संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट, गुठी परसौनी र सशस्त्र सीमा बल एसएसबी, झुलनीपुरले संयुक्त गस्ती गरेका थिए । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट, गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथोकीको नेतृत्वमा रहेको गस्ती टोली र सशस्त्र सीमा बल एसएसबी, झुलनीपुरको सशस्त्र प्रहरी नायब उपरीक्षक एन चोंगलोइको नेतृत्वमा रहेको टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती गरेको थियो ।